Nepali Christian Song | विजेताहरूको एक समूहबीच परमेश्‍वर ओर्लनुभएको छ | with lyrics

28 जनवरी 2022

पद १

हजारौं वर्षदेखि, मानिसले मुक्तिदाताको व्यक्तिगत

आगमनको तृष्णा गरेका छन्,

येशू सेतो बादलमा ओर्लनुभएको हेर्न चाहन्छन्

तिनीहरूमाझ जो उहाँको उत्कट चाहना राख्छन्।

मानिसले मुक्तिदाताको पुनरागमन र

मानवसँगको पुनर्मिलनको तृष्णा गरेका छन्।

मानिस आशा गर्छ कि उहाँले पुन: छुटकाराको काम गर्नुहुनेछ

जसरी उहाँले यहूदीमाझ गर्नुभएको थियो।

पद २

मानिस आशा गर्छ कि उहाँ अझै करुणामय

र उसप्रति प्रेमिलो बन्नुहुनेछ,

उसका पाप र अपराध बोक्नुहुनेछ,

र पापबाट छुटकारा दिनुहुनेछ।

येशूले मानिसका विचार पछ्याउनु भएन,

बरु त्यसको विपरीत गर्नुभयो।

न उहाँ ती चाहनेहरूमाझ आउनुभयो

न सेतो बादलमा देखा पर्नुभयो।

कोरस

उहाँ आइसक्नुभयो तर मानिसलाई थाहा छैन,

उहाँबारे अनभिज्ञ छ।

मानिस त्यसै पर्खन्छ; उहाँ सेतो बादलमा

आइसक्नुभयो भनि अनजान छ।

त्यो बादल हो उहाँका आत्मा र वचन,

उहाँको पुरै स्वभाव र सम्पूर्णता।

अब उहाँ हुनुहुन्छ विजेताहरूबीच,

जसलाई बनाउनु हुनेछ आखिरी दिनहरूमा,

आखिरी दिनहरूमा।

पद ३

मानिसलाई थाहा छैन कि पवित्र मुक्तिदाता

स्नेह र प्रेमले भरिपूर्ण हुनुभएपनि

उहाँ कसरी फोहोर र अशुद्ध आत्मा

बास गर्ने मन्दिरमा काम गर्न सक्नुहुन्छ?

मानिस उहाँको आगमनको पर्खाइमा भएपनि

उहाँ देखा पर्नुहुन्न ती रगत पिउनेहरू,

अधर्मीको वस्त्र धारण गर्नेहरू र

विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र धुत्नेहरू सामु।

ब्रिज

येशू प्रेम, हेरचाह, छुटकारा हुनुहुन्छ भनी जान्दछन् तर

जान्दैनन् उहाँ स्वयम् परमेश्‍वर र धर्मी हुनुहुन्छ,

जो प्रताप, क्रोध र न्यायले पूर्ण हुनुहुन्छ,

जोसँग अख्तियार र प्रतिष्ठा छ।

मानिस उद्धारकर्ताको पुनरागमनको तृष्णा गर्छ

र उसको प्रार्थनाले “स्वर्ग” पनि हल्लाउँछ

तर येशू तिनका सामु देखा पर्नु हुन्न,

जो उहाँलाई विश्‍वास त गर्छन् तर चिन्दैनन्।

कोरस

उहाँ आइसक्नुभयो तर मानिसलाई थाहा छैन,

उहाँबारे अनभिज्ञ छ।

मानिस त्यसै पर्खन्छ; उहाँ सेतो बादलमा

आइसक्नुभयो भनि अनजान छ।

त्यो बादल हो उहाँका आत्मा र वचन,

उहाँको पुरै स्वभाव र सम्पूर्णता।

अब उहाँ हुनुहुन्छ विजेताहरूबीच,

जसलाई बनाउनु हुनेछ आखिरी दिनहरूमा,

आखिरी दिनहरूमा।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्