Christian Praise Song | परमेश्‍वरले मानिसको लागि गर्नुहुने हरेक कुरा इमानदार हुन्छ

16 डिसेम्बर 2021

परमेश्‍वरले गर्नुहुने सबै कुरा व्यावहारिक हुन्छन्, उहाँले गर्नुहुने कुनै पनि कुरा रित्तो हुँदैन।

परमेश्‍वर मानिसको बीचमा नम्र बनेर, एक साधारण मानिसको रूपमा आउनुहुन्छ।

उहाँ केही काम गरेर, केही वचनहरू बोलेर सकेपछि छोडेर जानुहुन्न;

त्यसको साटो उहाँ साँच्चै मानिसहरूको बीचमा आउनुहुन्छ र संसारको पीडा अनुभव गर्नुहुन्छ।

परमेश्‍वरले मानव जातिको गन्तव्यको साटोमा कष्ट सम्‍बन्धी उहाँको आफ्‍नै अनुभवको मूल्य चुकाउनुहुन्छ।

के यो व्यावहारिक काम होइन र?

आमाबुबाले आफ्ना छोराछोरीका खातिर ठूलो मूल्य तिर्न सक्छन्,

र त्यसले उनीहरूको इमानदारीतालाई प्रतिनिधित्व गर्दछ।

यसो गर्ने क्रममा, निश्चय नै देहधारी परमेश्‍वर मानवजाति सबैभन्दा इमानदार र बफादार हुनुहुन्छ।

परमेश्‍वरको सार विश्‍वासयोग्य छ;

उहाँले जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो हासिल गर्नुहुन्छ।

उहाँले मानिसहरूका लागि गर्नुहुने सबै कुरा इमानदार छन्। उहाँले व्यर्थैमा वाणीहरू बोल्नुहुन्न;

जब उहाँले मूल्य चुकाउनेछु भनी भन्‍नुहुन्छ, उहाँले साँच्चै मूल्य चुकाउनुहुन्छ।

जब उहाँले मानिसका दुःखहरू आफैमा लिन्छु र तिनीहरूको सट्टामा दु:ख भोग्छु भनी भन्‍नुहुन्छ,

उहाँ वास्तवमा तिनीहरूका बीचमा बास गर्न आउनुहुन्छ,

यो दुःखलाई व्यक्तिगत रूपमा महसुस र अनुभव गर्नुहुन्छ।

त्यसपछि, ब्रह्माण्डमा भएका सबै थोकले परमेश्‍वरले गर्नुहुने सबै काम सही र धार्मिक हुन्छ,

परमेश्‍वरले गर्नुहुने सबै कुरा वास्तविक हुन्छ भनी स्वीकार गर्नेछन्:

यो एक शक्तिशाली प्रमाण हो।

यसको अतिरिक्त, भविष्यमा मानवजातिको एउटा सुन्दर गन्तव्य हुनेछ,

र बाँकी रहनेहरू सबैले परमेश्‍वरको प्रशंसा गर्नेछन्;

परमेश्‍वरले गर्नुभएका कामहरू वास्तवमा मानवजातिप्रतिको उहाँको प्रेमको कारण थियो

भनी तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्।

परमेश्‍वरको सुन्दरता र भोलापनको सारलाई मानिसको रूपमा रहेको

उहाँको देहधारणको महत्त्वमा देख्न सकिन्छ।

उहाँले जे गर्नुहुन्छ त्यो इमानदार हुन्छ; उहाँले जे भन्नुहुन्छ त्यो गम्भीर

र विश्‍वासयोग्य हुन्छ।

उहाँले गर्न चाहनुहुने सबै कुरालाई, उहाँले साँच्चै गर्नुहुन्छ,

र जब मूल्य तिर्नुपर्छ, उहाँले साँच्चै त्यो तिर्नु नै हुन्छ; उहाँले केवल वाणीहरू मात्र दिनुहुन्न।

परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्