Christian Song | सम्पूर्ण मानवजातिले परमेश्वरको आराधना गर्नुपर्छ
8 अगस्ट 2021
परमेश्वरमाथिको साँचो विश्वास भनेको मुक्ति पाउनको लागि मात्रै उहाँमा विश्वास गर्ने कार्य होइन,
यो असल व्यक्ति बन्ने कार्य मात्र हुनु त परै जाओस्।
यो मानव स्वरूप लिने विषय मात्रै पनि होइन।
यो मानव स्वरूप लिने विषय मात्रै पनि होइन।
वास्तवमा, विश्वास भनेको परमेश्वर हुनुहुन्छ, र उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ,
त्यसबाहेक केही पनि हुनुहुन्न भन्ने विश्वास राख्नु नै
विश्वास हो भन्ने दृष्टिकोण मानिसहरूले लिनु हुँदैन।
वास्तवमा, विश्वास भनेको परमेश्वर हुनुहुन्छ, र उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ,
त्यसबाहेक केही पनि हुनुहुन्न भन्ने विश्वास राख्नु नै
विश्वास हो भन्ने दृष्टिकोण मानिसहरूले लिनु हुँदैन।
न त विश्वास भनेको तैँले परमेश्वरलाई स्वीकार गर्नु
र उहाँ यावत् थोकका शासक हुनुहुन्छ,
उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसारका सबै थोक सृष्टि गर्नुभएको छ,
र उहाँ अद्वितीय र सर्वोच्च हुनुहुन्छ भनेर विश्वास गर्नु नै हो।
विश्वास भनेको यस तथ्यमा विश्वास राख्ने कार्य मात्रै होइन।
परमेश्वरको इच्छा भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिइनुपर्छ
र उहाँमा समर्पित हुनुपर्छ भन्ने हो—अर्थात्,
तैँले परमेश्वरलाई पछ्याउनुपर्छ, आफूलाई तैँले परमेश्वरद्वारा प्रयोग हुन दिनुपर्छ,
र खुशीसाथ तँले उहाँको सेवा गर्नुपर्छ;
तैँले उहाँको लागि जे गर्न सक्छस्, तैँले त्यो गर्नुपर्छ।
यसको अर्थ परमेश्वरले पूर्वनिश्चित गर्नुभएका र चुन्नुभएका मानिसहरूले मात्रै
उहाँमा विश्वास गर्नुपर्छ भन्ने हुँदैन।
सत्यता के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ,
उहाँको कुरा सुन्नुपर्छ र उहाँको आज्ञापालन गर्नुपर्छ,
किनभने मानवजातिलाई परमेश्वरले नै बनाउनुभएको हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू