Nepali Christian Song | सारा मानव जातिले परमेश्वरको आराधना गर्नुपर्छ
26 डिसेम्बर 2025
१
परमेश्वरप्रतिको साँचो विश्वास भनेको केवल मुक्ति पाउनका लागि उहाँमा विश्वास गर्नु होइन, असल व्यक्ति बन्न मात्रै उहाँमा विश्वास गर्नु त झनै होइन। यो मानव रूप प्राप्त गर्न मात्रै उहाँमा विश्वास गर्नु पनि होइन। तथ्य के हो भने, परमेश्वरप्रतिको विश्वाससम्बन्धी मानिसको राय परमेश्वर हुनुहुन्छ, अनि उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ, र कुरा त्यति हो भनेर विश्वास गर्नु मात्र हुनु हुँदैन। यो उहाँलाई स्विकार्नु, अनि उहाँ यावत् थोकमाथि सार्वभौम, सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसार र यावत् थोक बनाउनुभयो, उहाँ अद्वितीय र सर्वोच्च हुनुहुन्छ भनी विश्वास गर्नु पनि होइन। यो कुरा यी तथ्यहरूलाई विश्वास गर्नु मात्रै पनि होइन।
२
परमेश्वरको अभिप्राय भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्ने हो—अर्थात्, तैँले परमेश्वरलाई पछ्याउनुपर्छ, उहाँद्वारा प्रयोग गरिनुपर्छ, र तँ उहाँलाई सेवा प्रदान गर्नसमेत इच्छुक हुनुपर्छ—तैँले परमेश्वरका लागि जेसुकै पनि गर्नु उचित मात्रै हुन्छ। परमेश्वरले पूर्वनिर्धारित गरेका र चुनेका मानिसले मात्रै उहाँमा विश्वास गर्नुपर्छ भन्ने होइन। तथ्य के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ, उहाँको कुरा मान्नुपर्छ र उहाँमा समर्पित हुनुपर्छ, किनभने मानवजातिलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू