Christian Dance | सारा मानवता, परमेश्वरको आराधना गर्न आऊ | Praise Song
2 सेप्टेम्बर 2024
१
बिजुली पूर्वबाट चम्किन्छ, सीधै पश्चिममाथि चम्किन्छ;
आखिरी दिनहरूको ख्रीष्ट चीनमा देखा पर्नुहुन्छ।
सर्वशक्तिमान् परमेश्वरले मानवतालाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्नुहुन्छ;
सत्यताको तृष्णा गर्नेहरू ज्योतिमा आउँछन्।
परमेश्वरका मानिसहरू उहाँको सिंहासनसामु फर्किन्छन्
र सर्व-महिमित सर्वशक्तिमान् परमेश्वरको आराधना गर्छन्,
उहाँको व्यक्तिगत आवाज सुन्छन्,
उहाँको सुन्दर, महिमित मुहार हेर्छन् र उहाँका कार्य अवलोकन गर्छन्।
धारिलो तरवार जस्तै, परमेश्वरका वचनहरूले मानिसहरूलाई न्याय र शुद्धिकरण गर्छन्,
र तिनीहरू सबै परमेश्वरसामु लज्जित भई लम्पसार पर्छन्।
परमेश्वरका सबै मानिसहरू, सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिऔँ,
किनकी उहाँले हामीलाई सत्यता अनि मुक्तिको मार्ग प्रदान गर्नुहुन्छ।
२
सर्वशक्तिमान् परमेश्वरको काम निकै अद्भुत र बुद्धिमान् छ;
उहाँले परमेश्वरका मानिसहरूलाई सिद्ध पार्न शैतानलाई सेवामा प्रयोग गर्नुहुन्छ।
उहाँले मानिसहरूको शैतानी स्वभावलाई न्याय र खुलासा गर्नुहुन्छ,
र उहाँलाई निष्कपट प्रेम गर्ने सबैलाई सिद्ध पार्नुहुन्छ।
हामी परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति छन्,
र तिनले मानिसहरूको एउटा समूहलाई विजय गरेका छन् र तिनीहरूलाई विजेता बनाएका छन् भन्ने देख्छौँ।
परमेश्वरले शैतानका शक्तिहरूलाई नष्ट गर्न विपत्तिहरू बर्साउनुभएको छ,
र ख्रीष्टको राज्य पृथ्वीमा साकार भएको छ।
सर्वशक्तिमान् परमेश्वरको धर्मी स्वभाव पूर्ण रूपमा प्रकट भएको छ;
हामी परमेश्वरको पूरा भएको महान् कामको प्रशंसा गर्छौँ।
सारा मानवता, पश्चात्ताप गर्न र पाप स्वीकार गर्न परमेश्वरसामु आऊ।
सारा मानवता, सर्वशक्तिमान् परमेश्वरको आराधना गर्न आऊ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू