Christian Dance | परमेश्वरका सबै वचनहरू सत्यता हुन् | Praise Song
9 जनवरी 2025
१
परमेश्वर पृथ्वीमा मानिससँग जिउन आउनुभएको छ, उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ।
म उप्रान्त अस्पष्टतामा खोजी गर्दिनँ,
किनकि मलाई मार्गदर्शन गर्नका लागि मसँग परमेश्वरका वचनहरू छन्।
हर-दिन, म परमेश्वरका वचनहरू खान्छु र पिउँछु अनि परमेश्वरसामु जिउँछु;
पवित्र आत्माले मलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ।
म झन्-झन् स्पष्ट रूपमा सत्यता बुझ्छु,
र मेरो जीवनले हर-दिन प्रगति गर्छ।
परमेश्वरका वचनहरूले मानिसको भ्रष्टताका तथ्य खुलासा गर्छन्,
र सबैजना पूर्ण रूपमा विश्वस्त हुन्छन्।
परमेश्वरका वचनहरूको न्याय र परीक्षाहरूको कष्ट भोगेर,
मेरो भ्रष्ट स्वभाव पखालिन्छ।
परमेश्वरका वचनहरूको प्रचुरताको आनन्द उठाउँदा, मैले साँच्चै धेरै प्राप्त गरेको छु।
परमेश्वरको स्वभावको धार्मिकता र पवित्रता देख्दा,
म परमेश्वरको डर मान्छु र उहाँलाई आदर गर्छु।
२
परमेश्वरका वचनहरू पढ्दा, म सत्यता बुझ्छु
र देहका बन्धनहरूबाट पार हुन्छु।
आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, सत्यताको खोजी गर्दै र परमेश्वरमा समर्पित हुँदै,
म इमानदार व्यक्तिका रूपमा जिउँछु।
म सत्यता बुझ्छु र आफ्ना भ्रष्ट स्वभावहरू फाल्छु;
परमेश्वरका वचनहरूको सत्यता निकै बहुमूल्य छ।
परमेश्वरका वचनहरू अभ्यास गर्दा, म सत्यता र जीवन प्राप्त गर्छु,
र मेरो हृदयले यो भन्दा बढी केही माग्न सक्थेन।
परमेश्वरको प्रेम कति महान् र वास्तविक छ भन्ने देख्दा,
म खुसीसाथ मेरो साँचो हृदय परमेश्वरलाई दिन्छु।
अगाडिको बाटो चाहे जति कठिन र उबडखाबड भए पनि,
म परमेश्वरलाई सर्वोच्च आस्थाका साथ पछ्याउँछु।
म परमेश्वरलाई प्रेम गर्न र परमेश्वरको डर मान्न अनि दुष्टताबाट अलग बस्ने खोजी गर्छु,
र अगाडिको बाटो झन्-झन् उज्यालो हुन्छ।
म एकदम अन्त्यसम्मै ख्रीष्टलाई पछ्याउनेछु,
र परमेश्वरको मुस्काइरहेको मुहारको देखा पराइलाई स्वागत गर्न आफ्नो बफादारी पूरा गर्नेछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू