Christian Dance | परमेश्वरले आखिरी दिनहरूमा मुख्यतः वचनद्वारा सबै हासिल गर्नुहुन्छ | Praise Song
5 फेब्रुअरी 2025
१
आखिरी दिनहरूमा जब परमेश्वर देहधारी हुनुहुन्छ,
उहाँले मुख्यतः सबै हासिल गर्न र सबै प्रकाश गर्न वचन प्रयोग गर्नुहुन्छ।
उहाँको वचनमा मात्र, उहाँ के हुनुहुन्छ भनी तैँले देख्न सक्छस्;
उहाँको वचनमा मात्र उहाँ स्वयम् परमेश्वर हुनुहुन्छ भनी देख्न सक्छस्।
जब देहधारी परमेश्वर पृथ्वीमा आउनुहुन्छ,
उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—
त्यसैले तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्।
२
परमेश्वर मुख्यतः वचनको काम गर्न आउनुभएको हो,
मानिसलाई उहाँको वचनमा उहाँको महान् शक्ति र सर्वोच्चता देख्ने तुल्याउन,
मानिसलाई उहाँका वचनमा उहाँको विनम्रता र गुप्टता देख्ने तुल्याउन,
अनि मानिसलाई उहाँको वचनमा उहाँको सम्पूर्णता जान्ने तुल्याउन आउनुभएको हो।
उहाँसँग जे छन् र उहाँ जो हुनुहुन्छ ती सब उहाँको वचनमा छन्।
उहाँको बुद्धि र उहाँका अद्भुतता उहाँको वचनमा छन्।
यसमा तँलाई परमेश्वरले उहाँका वचनहरू बोल्नुहुने धेरै विधिहरू देख्ने तुल्याइन्छ।
३
परमेश्वर आखिरी दिनहरूमा पृथ्वीमा वचनको सेवकाइ गर्न आउनुभएको छ,
ताकि मानवजातिले उहाँलाई चिन्न सकोस्,
र मानवजातिले उहाँ के हुनुहुन्छ भनी देख्न सकोस्
र उहाँको वचनबाट उहाँको बुद्धि र उहाँका सबै अचम्मका कार्यहरू देख्न सकोस्।
राज्यको युगमा परमेश्वरले मुख्यतः सबै मानवजातिलाई विजय गर्न वचन प्रयोग गर्नुहुन्छ।
भविष्यमा, उहाँको वचन प्रत्येक धर्म, खण्ड, राष्ट्र र सम्प्रदायमाथि पनि आउनेछ।
परमेश्वरले विजय गर्न,
उहाँको वचनमा अख्तियार र शक्ति छ भनी सबै मानिसलाई देखाउन वचनको प्रयोग गर्नुहुन्छ—
यसैले आज तिमीहरू परमेश्वरको वचनको मात्र सामना गर्छौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ
अन्य प्रकारका भिडियोहरू