Nepali Christian Song 2022 | सत्यता स्वीकार गर्नेले मात्र परमेश्‍वरको आवाज सुन्न सक्छन् | with lyrics

13 जनवरी 2022

पद १

जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ,

त्यहाँ सत्यताको अभिव्यक्ति र उहाँको आवाज हुन्छ।

सत्यता स्वीकार गर्नेले मात्र

आवाज सुन्न, उहाँ देखा पर्नुभएको देख्न सक्छ।

“असम्भव”! भन्ने धारणा पन्छाऊ,

असम्भव मानिएका कुरा झन् हुन सक्छन्।

उहाँको बुद्धि स्वर्गभन्दा माथि छ,

उहाँका विचार र काम मानिसको सोचभन्दा पर छन्।

ब्रिज १

कुरा जति असम्भव हुन्छ,

त्यति खोज्न मिल्ने सत्यता हुन्छ।

जति मानिसको सोचबाट पर,

त्यति उहाँको इच्छा रहन्छ।

जहाँ देखा पर्नु भएपनि,

उहाँ सधैँ परमेश्‍वर नै हुनुहुन्छ।

“कहाँ-कसरी देखापर्नु भयो” ले

उहाँको सार बदलिदैन।

कोरस

आफ्ना धारणा पन्छाऊ,

हृदय शान्त राख, यी वचन पढ।

यदि सत्यताको इच्छा राख्छौ भने,

उहाँले आफ्नो इच्छा र वचन बताउनु हुनेछ।

पद २

उहाँको स्वभाव उस्तै रहन्छ,

पाइला जता भएपनि, उहाँ मानवको परमेश्‍वर।

येशू इस्राएली, एसियाली,

युरोपेली र सारा ब्रम्हाण्डको परमेश्‍वर हुनुहुन्छ।

उहाँको वाणीमा उहाँको इच्छा खोज,

उहाँ देखा पर्नुभएको खोज, उहाँका पाइला पछ्याऊ।

उहाँ सत्य, मार्ग, जीवन हुनुहुन्छ,

उहाँका वचन र देखा पराइ एकैसाथ रहन्छ।

ब्रिज २

उहाँका पाइला र स्वभाव

मानिसका लागि सधैँ खुल्ला छन्।

दाजूभाइ-दिदीबहिनी, आशा छ

यी वचनमा उहाँको देखा पराइ देख्छौ।

नयाँ युगतर्फ उहाँलाई पछ्याऊ,

नयाँ स्वर्ग र पृथ्वीमा जुन तयार

पारिएका छन् उहाँको देखा पराइ

कुर्नेहरूका निम्ति।

कोरस

आफ्ना धारणा पन्छाऊ,

हृदय शान्त राख, यी वचन पढ।

यदि सत्यताको इच्छा राख्छौ भने,

उहाँले आफ्नो इच्छा बताउनु हुनेछ।

आफ्ना धारणा पन्छाऊ,

हृदय शान्त राख, यी वचन पढ।

यदि सत्यताको इच्छा राख्छौ भने,

उहाँले आफ्नो इच्छा र वचन बताउनु हुनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्