Nepali Christian Song 2022 | शुद्ध पारिनलाई आखिरी दिनहरूको ख्रीष्टको न्यायलाई स्वीकार गर | with lyrics

12 जनवरी 2022

पद १

तँ जान्दछस् आखिरी दिनहरूमा येशू ओर्लनुहुनेछ,

तर उहाँ खासमा कसरी ओर्लनुहुन्छ?

छुटकारा दिइएका तर सिद्ध नभएका तँ जस्ता पापी,

के परमेश्‍वरको हृदय अनुसारका बन्न सक्छन्?

अझै पुरानै अस्तित्वमा रहेको तँलाई येशूले मुक्ति दिनुभयो,

त्यही मुक्तिका कारण तँ पापीमा गन्ती गरिँदैनस्।

पूर्व कोरस

यसको मतलब तँ पापबाट मुक्त छस् भन्ने होइन।

कहिल्यै परिवर्तन नभए के तँ सन्तझैँ बन्न सक्छस् र?

कोरस

दोस्रो देहधारण पापबलि होइन अब देखि,

बरु पापबाट छुट्कारा दिइएकाहरूको पूर्ण मुक्ति हो।

ताकि क्षमा गरिएकाहरू धोइऊन् र पापबाट मुक्ति पाऊन्,

स्वभाव बद्लेर शैतानको पकडबाट मुक्त हुन सकून्

र उहाँको सिंहासन अगाडि फर्कन सकून्।

यसरी मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छन्।

पद २

तँ अपवित्रता, स्वार्थ र छुद्रताले घेरिएको छस्,

तैपनि येशूसँग ओर्लन चाहन्छस्, असम्भव!

उहाँप्रतिको विश्‍वासमा तैँले एक कदम चुकाएको छस्,

तँलाई छुट्कारा मात्र दिइएको हो, परिवर्तन होइन।

उहाँको हृदय अनुसारको बन्‍नको लागि,

तँलाई परिवर्तन गर्ने र धुने काम उहाँ आफैले गर्नुपर्छ।

कोरस

दोस्रो देहधारण पापबलि होइन अब देखि,

बरु पापबाट छुट्कारा दिइएकाहरूको पूर्ण मुक्ति हो।

ताकि क्षमा गरिएकाहरू धोइऊन् र पापबाट मुक्ति पाऊन्,

स्वभाव बद्लेर शैतानको पकडबाट मुक्त हुन सकून्

र उहाँको सिंहासन अगाडि फर्कन सकून्।

यसरी मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छन्।

पद ३

छुटकारा मात्रै दिएर तँ पवित्र हुन सक्तैनस्,

उहाँको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्।

किनकी उहाँको व्यवस्थापनको एक चरण तैँले चुकाएको छस्,

जुन परिवर्तन र सिद्धताको मुख्य चरण हो।

त्यसैले छुटकारा दिइएको पापी, तैँले

उहाँको उत्तराधिकार प्राप्त गर्न सक्तैनस्।

कोरस

दोस्रो देहधारण पापबलि होइन अब देखि,

बरु पापबाट छुट्कारा दिइएकाहरूको पूर्ण मुक्ति हो।

ताकि क्षमा गरिएकाहरू धोइऊन् र पापबाट मुक्ति पाऊन्,

स्वभाव बद्लेर शैतानको पकडबाट मुक्त हुन सकून्

र उहाँको सिंहासन अगाडि फर्कन सकून्।

यसरी मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्