Nepali Christian Testimony Video | धाक रवाफ अब हुनेछैन
5 डिसेम्बर 2022
मण्डलीमा मोवेन एक सुसमाचार डिकन हुन्। आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको कर्तव्य पालनाको दौरान आउने समस्याहरू हल गर्न सहयोग गर्न सक्ने र आफ्नो काममा पनि केही हासिल गरेकाले, उसले आफूलाई अरूभन्दा राम्रो सम्झिन थाल्छन्। आफूले बोल्ने र गर्ने प्रत्येक कामकुरामा, उनी आफ्नो प्रतिभा र क्षमताको घमण्ड देखाउँछन्, र आफ्नो कर्तव्यका लागि उनले कस्तो दुःख भोग्छन् भन्नेबारेमा धाक देखाउँछन्। उनका दाजुभाइ र दिदीबहिनीहरूको सल्लाह र नसिहत, परमेश्वरका वचनहरूको न्याय र खुलासाबाट, उनले महसुस गर्छन् कि उनले आफ्नो कर्तव्यमा सत्यको सङ्गति गर्न वा परमेश्वरको गवाही दिन केन्द्रित छैनन्, बरु आफूलाई अरूले आदर गरुन् र आदर्श मानुन् भन्ने प्रयास गर्छन् र यसरी अरूलाई उनीहरूको हृदयमा परमेश्वरबाट टाढा लाने कारक बनेका छन्—उनले महसुस गर्छन् कि उनी परमेश्वरको विरोधमा ख्रीष्टविरोधी मार्गमा हिडिरहेका छन्। सन्तापले भरिएर, उनी प्रार्थना र पश्चात्ताप गर्न परमेश्वरको अगाडि आउँछन। उनीमा कस्तो रूपान्तरण हुन्छ, उनले के बझ्छन्, र उनले के हासिल गर्छन्? यो भिडियो हेरेर थाहा पाउनुहोस्।
अन्य प्रकारका भिडियोहरू