Christian Dance | परमेश्वरको प्रशंसामा ठूलो स्वरले गाऊ | Praise Song
6 फेब्रुअरी 2025
१
दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै गाऔँ।
परमेश्वरको प्रशंसामा ठूलो स्वरले गाऔँ!
परमेश्वरको प्रशंसा गर, किनकि उहाँले महिमा प्राप्त गर्नुभएको छ।
सर्वशक्तिमान् परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ!
परमेश्वरले शैतानलाई पूर्णतः पराजित गर्नुभएको छ!
परमेश्वरका मानिसहरूले आफ्ना कर्तव्य बफादारीसाथ पूरा गरिरहेका छन्।
तिनीहरू सत्यता पछ्याउँछन् र परमेश्वरमा समर्पित हुन्छन्,
र परमेश्वरलाई महिमित तुल्याउन सुन्दर गवाही दिन्छन्।
परमेश्वरले हामीलाई सँगै शैतानलाई विजय गर्न मार्गदर्शन गर्नुहुन्छ।
हामी सम्पूर्ण हृदयले परमेश्वरको प्रशंसा गर्छौँ!
उत्सव मनाउन हर्षका साथ गाऔँ र नाचौँ!
परमेश्वरको महिमाको दिन आइपुगेको छ,
ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ,
र सबै देश र मानिसहरूले परमेश्वरलाई महिमा दिन्छन्!
२
दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै गाऔँ।
परमेश्वरलाई नयाँ गीत र नाचहरू अर्पण गरौँ!
परमेश्वरको प्रेमका लागि हामी धन्यवाद दिन्छौँ र प्रशंसा गर्छौँ।
हामीले आजको दिनसम्म परमेश्वरलाई पछ्याएका छौँ;
यो सब परमेश्वरको सुरक्षा र अनुग्रहका कारण हो!
हाम्रा सबै सतावट र कठिनाइमा
परमेश्वर ती सबमा हामीसँगै रहनुभएको छ!
परमेश्वरको वचनले हामीलाई अगुवाइ र मार्गदर्शन गरेका छन्,
शैतानका परीक्षा विजय गर्न हाम्रो आस्था बलियो बनाएका छन्।
हामी परमेश्वरलाई महिमित तुल्याउन आफ्नो गवाहीमा दृढ रहन्छौँ!
उत्सव मनाउन हर्षका साथ गाऔँ र नाचौँ!
परमेश्वरको महिमाको दिन आइपुगेको छ,
ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ,
र सबै देश र मानिसहरूले परमेश्वरलाई महिमा दिन्छन्!
३
दाजुभाइ-दिदीबहिनीहरू, हामी सँगै गाऔँ।
हर्षले ढोल बजाऊ! परमेश्वरको महान् काम सम्पन्न भएको छ।
राज्यको सुसमाचार संसारका सबै देशहरूमा फैलिएको छ,
र परमेश्वरको नाम जताततै ज्ञात छ!
परमेश्वरको वचन मानिसहरूको हृदयमा निकै गहन रूपमा पसेको छ।
सबै देशहरूमा परमेश्वरका चुनिएका मानिसहरूको जीवनमा वृद्धि भएको छ!
हामी परमेश्वरलाई सन्तुष्ट पार्न बफादारीसाथ उहाँप्रति आफूलाई समर्पित गर्छौँ;
परमेश्वरको गवाही दिन हामी सत्यता अभ्यास गर्छौँ र वास्तविकता जिउँछौँ।
सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा!
उत्सव मनाउन हर्षका साथ गाऔँ र नाचौँ!
परमेश्वरको महिमाको दिन आइपुगेको छ,
ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ,
र सबै देश र मानिसहरूले परमेश्वरलाई महिमा दिन्छन्!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू