Nepali Christian Song | रोग लाग्नु परमेश्‍वरको प्रेम हो

23 फेब्रुअरी 2026

सर्वशक्तिमान्‌ परमेश्‍वर, यावत् थोकका शिरले, सिंहासनबाट आफ्नो राजकीय शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई मार्गदर्शन गर्दै हुनुहुन्छ। हामी हरेक क्षण उहाँको नजिक होऔँ, र चुपचाप उहाँसामु आऔँ, एक पल पनि कहिल्यै नगुमाऔँ, र हर समय हामीसँग सिक्नका लागि पाठहरू होऊन्। वरपरको वातावरण, साथसाथै मानिस, घटना, र कामकुराहरू, उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कदापि गुनासोहरू पैदा हुन नदेओ, नत्र परमेश्‍वरले तिमीहरूमाथि आफ्‍नो अनुग्रह प्रदान गर्नुहुनेछैन।

बिमारी आइपर्दा, त्यो परमेश्‍वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्राय समावेश हुन्छन्। तेरो देहले अलिकति कष्ट भोग्‍नुपर्ने भए तापनि, शैतानबाट कुनै विचारहरू नस्विकार्। रोगका बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाका बीचमा परमेश्‍वरको आनन्द लिई। रोग सामना गर्दा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, अनि परमेश्‍वरले तँलाई ज्योति र अन्तर्दृष्टि दिनुहुनेछ। अय्यूबको आस्था कस्तो थियो? सर्वशक्तिमान्‌ परमेश्‍वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ! बिमारीमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा बास गर्नु भनेको स्वस्थ हुनु हो। तँसँग अझै पनि एक सास बाँकी रहेसम्म, परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन।

हामीभित्रै ख्रीष्टको पुनरुत्थान भएको जीवन छ। परमेश्‍वरका उपस्थितिमा हामीमा साँच्चै आस्थाको कमी हुन्छ: परमेश्‍वरले हामीभित्र साँचो आस्था राखिदिनुहोस्। परमेश्‍वरको वचन साँच्चै मीठो छ! परमेश्‍वरको वचन शक्तिशाली औषधी हो! यसले दियाबलसहरू र शैतानलाई लज्जित बनाउँछ! परमेश्‍वरको वचन बोध गर्दा हामीलाई आड मिल्छ। उहाँको वचनले हाम्रो हृदयलाई बचाउन द्रुत गतिमा कार्य गर्छ! यसले सबै थोक टाढा भगाउँछ र सबै शान्त बनाउँछ। आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्‍नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्।

यदि मानिसले डरपोक र भयका विचार राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्‍वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ। शैतानले हरसम्भव तरिकाले हामीकहाँ त्यसका विचार पठाउन खोजिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई ज्योति र अन्तर्दृष्टि दिनुहोस् भनी हामीले हरक्षण प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष पखाल्न हामी हरक्षण परमेश्‍वरमा भर पर्नुपर्छ, परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हाम्रो आत्माभित्र हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण सत्त्वमाथि प्रभुत्व राख्न दिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्