Christian Dance | परमेश्‍वरका वचनहरू हाम्रो हृदयमाथि विजयी भएका छन् | Praise Song

16 फेब्रुअरी 2025

हामी परमेश्‍वरको आवाज सुन्छौँ र उहाँको सिंहासनसामु उठाइएका छौँ।

परमेश्‍वरका वचनहरू अख्तियार र शक्तिले भरिपूर्ण छन्,

र तिनले हाम्रो हृदय विजय गरेका छन्।

हामी परमेश्‍वरका वचनहरू पढ्छौँ र उहाँको आमने-सामने आउँछौँ।

हामीले सत्यता बुझ्दा हाम्रो हृदय मिठासले भरिन्छ।

हामीले आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउन सक्नेछौँ

भन्ने कुरा हाम्रो कल्पना पार छ।

दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!

प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!

म किन यति हर्षसाथ नाच्छु?

किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ!

हामी परमेश्‍वरसामु आउँछौँ,

र हामी उहाँका वचनहरू खान्छौँ, पिउँछौँ र तिनको आनन्द उठाउँछौँ।

उहाँको न्याय स्विकारेर, हामी पखालिन्छौँ,

र मानव रूपमा जिउँदा साँच्चै रमाउँछौँ।

न्याय र सजाय नै परमेश्‍वरको प्रेम हो,

र परीक्षा र शोधन उहाँका आशिष् हुन्।

परमेश्‍वरले मलाई नयाँ जीवन दिनुभएको छ,

र म सदासर्वदा परमेश्‍वरको प्रशंसा गर्नेछु।

दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!

प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!

म किन यति हर्षसाथ नाच्छु?

किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ!

परमेश्‍वरका वचनहरूमा ठूलो अख्तियार छ,

तिनले हामीलाई विपद्हरूमाथि विजयी हुन डोर्‍याउँदै,

हामीलाई हर क्षण मार्गदर्शन र सुरक्षा दिँदै,

हामीलाई परमेश्‍वरको दयालुपन र प्रेमिलो स्वभाव अझ बलियो रूपमा महसुस गराउँछन्।

हाम्रो आस्था सङ्कष्टमा सिद्ध पारिन्छ,

हामी परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता देख्न पुग्छौँ।

हामीमाथि चाहे जे परीक्षा आइपरे पनि,

परमेश्‍वरलाई प्रेम गर्ने हाम्रो हृदय कहिल्यै बदलिनेछैन।

दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!

प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!

म किन यति हर्षसाथ नाच्छु?

किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ!

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई मुक्ति दिनुहुन्छ,

र शब्दहरूले उहाँको प्रेमबारे पूर्ण रूपमा बताउनै सक्दैनन्।

परमेश्‍वरको गहन प्रेमको ऋण तिर्न हामी आफ्नो कर्तव्य बफादारीसाथ पूरा गर्छौँ।

हामी एउटै हृदय र मनको भएर परमेश्‍वरको गवाही दिन्छौँ,

र राज्यको सुसमाचार पृथ्वीभर फैलिन्छ।

परमेश्‍वरले शैतानलाई पराजित गर्नुभएको छ र महिमा प्राप्त गर्नुभएको छ,

र हाम्रो हृदय हर्षले भरिन्छ।

दाजुभाइ-दिदीबहिनीहरू! झट्ट आऊ र छम्-छम् नाच!

प्रशंसाका हर्षपूर्ण गीतहरू गाऊ!

म किन यति हर्षसाथ नाच्छु?

किनकि मेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्