Christian Dance | परमेश्वरका मानिसहरूले उहाँको प्रशंसा गर्छन् र उहाँका निम्ति गाउँछन् | Praise Song
16 नोभेम्बर 2024
१
सर्वशक्तिमान् परमेश्वर पूर्वमा देखा पर्नुभएको छ,
मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्दै हुनुहुन्छ।
उहाँले अनन्त जीवनको मार्ग ल्याउनुभएको छ,
र सबै जातिले उहाँको प्रशंसामा जोरदार तारिफ गर्छन् र गाउँछन्।
हामीले परमेश्वरको आवाज सुनेका छौँ
र उहाँको सिंहासनसामु फर्कन भाग्यशाली भएका छौँ।
हामी उहाँका वचन खान्छौँ र पिउँछौँ अनि सत्यता बुझ्छौँ,
र उहाँद्वारा मलजल गरिन पाउँदा हामी निकै आशिषित छौँ।
साँचो परमेश्वरको मुहार देख्न पाउने गरी
भाग्यशाली हुनेछौँ भनेर हामीले आफ्नो सपनामा पनि अपेक्षा गरेका थिएनौँ।
हामी उहाँको गोठालो र मलजल स्विकार्छौँ,
र यो साँच्चै परमेश्वरको अनुग्रह र आशिष् हो।
२
सर्वशक्तिमान् परमेश्वरका वचनहरूले उहाँको सर्वशक्तिमान्ता देखाउँछन्,
तिनले हाम्रो हृदयलाई विजय गरेका र प्राप्त गरेका छन्।
परमेश्वरको न्याय स्विकारेर अनि पखालिएर,
परमेश्वरका मानिसहरू जीवनमा बढ्छन् र परिपक्व हुन्छन्।
परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ
र शैतान, त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ।
राज्यको सुसमाचार संसारभर फैलिन्छ,
र सबै देशका परमेश्वरका चुनिएका मानिसहरू एक पछि अर्को गर्दै उहाँकहाँ फर्किन्छन्।
परमेश्वरका सबै मानिसहरू नाच्छन् र नयाँ गीतहरू गाउँछन्,
सर्वशक्तिमान् परमेश्वरको महिमा प्राप्तिको प्रशंसा गर्छन्।
उहाँ सबै राष्ट्रहरूमा शाही शक्तिसाथ शासन गर्नुहुन्छ,
र अनन्त प्रशंसाको योग्य हुनुहुन्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू