Nepali Christian Song | मानिसप्रतिका परमेश्‍वरका माग र चेतावनीहरू

28 अगस्ट 2026

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु, तिमीहरू उचित र शिष्ट तवरले आफूलाई आचरणमा ढाल्न, अर्पित भई कर्तव्य निर्वाह गर्न, सत्यता र मानवता बोक्न, परमेश्‍वरका लागि आफ्नो जीवनलगायत सबै कुरा त्याग्न सक्ने मानिस हुन, इत्यादि गर्न सक्छौ। यी सबै आशा तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र विद्रोहीपनसँग सम्बन्धित हुन्छन्। तिमीहरूले यो हासिल गर्नैपर्छ: सर्वप्रथम, तेरा सबै अपराध जाँच् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र सोचहरूको जाँच गर्। म तिमीहरू यस मागप्रति भित्रभित्रै हाँस्नेछैनौ, अनि विशेष गरी तिमीहरू यसलाई तुच्छ ठान्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्‍ने आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र उदासीन हुनु हुँदैन।

दोस्रो कुरा, तैँले आफूले गरेका हरेक अपराध र विद्रोहका हकमा, ती समाधान गर्न सम्बन्धित सत्यता भेट्टाउनुपर्छ, अनि त्यसपछि तेरा ती अपराधी कार्य र विद्रोही विचार र कार्यको ठाउँमा सत्यताको अभ्यास राख्नुपर्छ। तेस्रो कुरा, तँ निष्कपट व्यक्ति हुनुपर्छ; धूर्त व्यवहार गर्ने कोसिस नगर्, र छली व्यक्ति नहो। (यहाँ म तिमीहरू फेरि पनि इमानदार व्यक्ति बन्नुपर्ने माग गरिरहेको छु।) यदि तँ यी तीन वटै कुरा पूरा गर्न सक्छस् भने, तँ भाग्यमानी होस्—तँ यस्तो व्यक्ति होस्, जसको सपना पूरा हुन्छ र जसले राम्रो भाग्य पाउँछ। जे भए पनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूका आकाङ्क्षाहरू साकार पार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूसँग खेलबाड गर्नु होइन।

म तैँले एकदमै मेहनत गरेको छस् कि छैनस् र ठूला योगदानहरू दिएको छस् कि छैनस्, तँ वरिष्ठ होस् होइनस्, मलाई नजिकबाट पछ्याउँछस् पछ्याउँदैनस्, तँ निकै प्रख्यात छस् कि छैनस्, वा तेरो मनोवृत्तिमा सुधार आएको छ कि छैन भन्ने कुराको मतलब गर्दिनँ; यदि तैँले मेरा मागहरूअनुसार कार्य गरेको छैनस् भने, तँ मेरो अनुमोदन कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचार र योजनाहरू त्याग्नु र मेरा मागहरूलाई गम्भीरताका साथ लिनु राम्रो हुन्छ। अन्यथा, म सबैलाई खरानी पारिदिनेछु र यसरी मेरो काम समाप्त गरिदिनेछु—किनभने म मेरा शत्रुहरूलाई अनि दुष्टताको गन्ध आउने र त्यही पुरानो शैतानी रूप भएकाहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को युगमा लैजान सक्दिनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्‍याउनेछ

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्