Christian Dance | परमेश्वरका चुनिएका मानिसहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन् | Praise Song
17 अगस्ट 2024
१
सर्वशक्तिमान् परमेश्वरले धैरै सत्यताहरू व्यक्त गर्नुभएको छ,
परमेश्वरका भेडाहरूले उहाँको सोर सुनेका छन्।
त्यो बेलादेखि, हामी स्वर्गको राज्यको भोजमा सहभागी भएका छौँ,
र परमेश्वर देखा पर्नुभएको र उहाँले काम गर्नुभएको देखेका छौँ।
हामीले परमेश्वरको देखापराइलाई स्वागत गरेका छौँ,
र परमेश्वरका वचनहरूको रखवारी पाएका छौँ।
हामीलाई परमेश्वरसामु उठाइलगिएको छ,
र हामी सर्वशक्तिमान् परमेश्वरको सदैव प्रशंसा गर्छौ।
सत्यता दिनुभएकोमा, र हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनुभएकोमा
हामी परमेश्वरको प्रशंसा गर्छौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरको गवाही दिनेछौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिनेछौँ र प्रशंसा गर्नेछौँ!
२
सर्वशक्तिमान् परमेश्वरले हामीलाई सत्यताको मार्ग ल्याइदिनुभएको छ,
उहाँका वचनहरूको न्यायले हामीलाई मुक्ति दिएको छ।
परमेश्वरका वचनहरूको शक्तिले आश्चर्यकर्महरू सिर्जना गरेको छ;
हाम्रो भ्रष्टता शुद्ध पारिएको छ र हाम्रो स्वभाव रूपान्तरण भएको छ,
हामीलाई शैतानको प्रभावबाट मुक्त हुन र परमेश्वरको उपस्थितिमा जिउन सक्षम तुल्याएको छ।
हामीलाई परमेश्वरसामु उठाइलगिएको छ,
र हामी सर्वशक्तिमान् परमेश्वरको सदैव प्रशंसा गर्छौ।
सत्यता दिनुभएकोमा, र हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनुभएकोमा
हामी परमेश्वरको प्रशंसा गर्छौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरको गवाही दिनेछौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिनेछौँ र प्रशंसा गर्नेछौँ!
३
राज्यको सुसमाचार विश्वभरि फैलिएको छ,
सारा राष्ट्र र सम्प्रदायहरूमाथि परमेश्वरका वचनहरूले विजय गरेका छन्।
तिनीहरू सबै परमेश्वरको सिंहासनसामु फर्कन्छन्,
र परमेश्वरका चुनिएका मानिसहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्न आउँछन्।
हामी परमेश्वरका अद्भुत कार्यहरू देख्छौँ,
र लम्पसार परेर सर्वशक्तिमान् परमेश्वरको आराधना गर्छौँ।
हामीलाई परमेश्वरसामु उठाइलगिएको छ,
र हामी सर्वशक्तिमान् परमेश्वरको सदैव प्रशंसा गर्छौ।
सत्यता दिनुभएकोमा, र हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनुभएकोमा
हामी परमेश्वरको प्रशंसा गर्छौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरको गवाही दिनेछौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिनेछौँ र प्रशंसा गर्नेछौँ!
४
परमेश्वरका चुनिएका मानिसहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्।
पृथ्वीका सारा मानिसहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्।
स्वर्गका स्वर्गदूतहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्,
सास फेर्नेहरू सबै सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्।
ब्रह्माण्ड र आकाशहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्,
सारा सिर्जित प्राणीहरू सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्।
हामीलाई परमेश्वरसामु उठाइलगिएको छ,
र हामी सर्वशक्तिमान् परमेश्वरको सदैव प्रशंसा गर्छौ।
सत्यता दिनुभएकोमा, र हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनुभएकोमा
हामी परमेश्वरको प्रशंसा गर्छौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरको गवाही दिनेछौँ!
हामी सदैव सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिनेछौँ र प्रशंसा गर्नेछौँ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू