बाट लिइएको विशेष दृश्य 4 “भक्तिको रहस्य उत्तरकथा”

20 जुन 2021

Christian Movie | भक्तिको रहस्य: उत्तरकथा | बाट लिइएको विशेष दृश्य 4: “मानवजातिलाई उद्धार गर्नको लागि परमेश्‍वर किन दुई पटक देह बन्‍नुभयो?”

अनुग्रहको युगमा, आफैमा मानिसका पापहरू लिँदै र मानवजातिलाई छुटकारा दिने काम गर्दै, देहधारी परमेश्‍वर क्रूसमा टाँगिनुभएको थियो। आखिरी दिनहरूमा, सत्यतालाई व्यक्त गर्न र मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र उद्धार गर्नको लागि परमेश्‍वर फेरि देहधारी हुनुभएको छ। त्यसो भए, मानिसलाई उद्धार गर्ने काम गर्नको लागि किन परमेश्‍वर दुईपटक देहधारी हुनुपर्‍यो? सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छ)। यो भिडियोले परमेश्‍वरको दुई देहधारणहरूको रहस्यलाई प्रकट गर्छ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्