Christian Dance | परमेश्वर चुपचाप सबैलाई साथ दिनुहुन्छ र भरणपोषण गर्नुहुन्छ | Praise Song
8 अप्रिल 2025
१
परमेश्वर हरेक व्यक्तिका परिवर्तनशील विचारहरू अवलोकन गर्दै
र यसरी तिनीहरूलाई सान्त्वना र अर्ती दिँदै अनि मार्गनिर्देशन र ज्योति दिँदै हरसमय
र हरेक ठाउँमा हरेकको आवश्यकता पूर्ति गर्नुहुन्छ।
मानिसहरूले परमेश्वरका विचारहरूलाई जतिसुकै बेवास्ता गरे तापनि,
उहाँले तिनीहरूका निम्ति तयार गरेको सुन्दर गन्तव्यमा
तिनीहरू पुग्न सकून् भनी उहाँ तिनीहरूलाई परमेश्वरको मार्ग
पछ्याउन सक्षम बनाउन अझै बारम्बार अगुवाइ गर्नुहुन्छ,
निरन्तर तिनीहरूका निम्ति प्रबन्ध गर्नुहुन्छ र तिनीहरूलाई सहयोग गर्नुहुन्छ।
२
परमेश्वरबारे कुरा गर्दा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,
उहाँको अनुग्रह, उहाँको कृपा र उहाँका सबै इनाम,
कुनै कुरा बाँकी नराखी उहाँलाई प्रेम गर्ने र पछ्याउनेहरूलाई दिइनेछन्।
तर उहाँले भोग्नुभएका पीडा वा उहाँको मनमा
भएको कुरा कसैसँग पनि प्रकट गर्नुहुन्न,
र उहाँ उहाँप्रति विचारशील भएन वा उहाँका अभिप्रायहरू
बुझ्ने प्रयास गरेन भनेर कसैबारे कहिल्यै गुनासो गर्नुहुन्न।
उहाँ मानवजातिले बुझ्न सक्ने दिनको प्रतिक्षा गर्दै
यी सबै कुरा केवल चुपचाप सहनुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू