Nepali Christian Song | परमेश्वरको काम कुनै पनि शक्तिको रोकटोकमा पर्दैन
22 सेप्टेम्बर 2026
१
परमेश्वरसँग महान् शक्ति छ; उहाँले सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ। यावत् थोक र सब थोक परमेश्वरका वचनहरूभित्र, परमेश्वरका विचारहरूभित्र, र परमेश्वरको सार्वभौमिकताअन्तर्गत विधिवत् रूपमा सञ्चालित हुन्छन्; मानवजातिले जेसुकै भनोस् वा गरोस्, यसले परमेश्वरको काममा कुनै पनि रूपमा प्रभाव पार्न सक्दैन—दिव्य सार भएको परमेश्वरले गर्न सक्ने कुरा यही हो। परमेश्वरले समय आएपछि काम गर्नुहुन्छ, र अलिकति पनि तलमाथि नगरीकन आफ्ना योजनाहरू पूरा गर्नुहुन्छ, र कसैले पनि यीमध्ये केहीलाई परिवर्तन गर्न सक्दैन।
२
चाहे त्यो परमेश्वरको काम बिथोल्न र त्यसलाई नष्ट गर्नका लागि जानी-जानी गरिएको प्रयास होस् वा अनजानमा परमेश्वरको काममा बाधा पुऱ्याउने र त्यसलाई तोड्ने कार्य होस्, मानव टिप्पणी र मानवले गर्ने परमेश्वरमाथिको कुनै पनि आक्रमण वा उहाँको मानहानिले कहिल्यै आफ्नो उद्देश्य पूरा गरेका छैनन्। यो परमेश्वरको अख्तियार हो; यसले परमेश्वरको अख्तियार अद्वितीय छ, यसलाई कुनै पनि शक्तिले प्रतिस्थापन गर्न सक्दैन, र कुनै पनि शक्तिले उछिन्न सक्दैन भन्ने कुरा पुष्टि गर्छ। यो तथ्य हो। परमेश्वरसँग यो अख्तियार र शक्ति छ, परमेश्वरसँग उहाँको साँचो पहिचान छ, र कुनै पनि शक्तिले केही पनि परिवर्तन गर्न सक्दैन।
३
परमेश्वरका लागि, मानवजातिबीच रहेका जति जना महत्त्वपूर्ण व्यक्तिहरू वा जति शक्तिशाली तागतहरूले उहाँलाई हस्तक्षेप गर्ने, उहाँको मानहानि गर्ने, उहाँलाई आक्रमण गर्ने, वा ईश्वरनिन्दा गर्ने प्रयास गरे पनि, यसले परमेश्वरको काममा अलिकति पनि बाधा दिन सक्दैन। बरु, यी कार्यहरूले परमेश्वरको धर्मी स्वभाव र सर्वशक्तिमान्तालाई अझ प्रस्ट रूपमा देखाउने काम मात्र गर्छन्। शैतानका दुष्ट शक्तिहरूले दिने बाधा मानव इतिहासको क्रममा आइपर्ने एउटा सानो घटना मात्रै हो। सारा मानवजातिमाथि सार्वभौमिकता राख्न, सारा मानवजातिलाई प्रभाव पार्न, र सारा मानवजातिलाई रूपान्तरण गर्न सक्ने भनेको परमेश्वरको काम, परमेश्वरको योजना, र परमेश्वरको महान् शक्ति र अख्तियार नै हो। तथ्य यही हो।
—वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१८)
अन्य प्रकारका भिडियोहरू