Christian Dance | परमेश्वरको काम निकै व्यावहारिक छ | Praise Song
17 फेब्रुअरी 2025
१
मानिसको पुत्रले सत्यता व्यक्त गर्नुहुन्छ,
मानिसहरूलाई मुक्ति दिन बोल्नुहुन्छ र काम गर्नुहुन्छ।
एउटै साँचो परमेश्वर देखा पर्नुभएको छ,
र उहाँ सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ।
अनुग्रहको युग बितेको छ र आखिरी दिनहरूको न्याय सुरु भएको छ।
परमेश्वरका वचनहरूले मानिसहरूलाई न्याय गर्छन् र पखाल्छन्
र मानिसहरूको एउटा समूहलाई पूर्णतः विजय गरेका छन्।
परमेश्वरको वचन धारिलो तरबारझैँ छ, त्यसले हाम्रो हृदय र आत्मा छेड्छ।
हाम्रा शैतानी स्वभावहरू प्रकाश गरिएका छन्,
र लाजमा हामी परमेश्वरसामु लम्पसार पर्छौँ।
हामी परमेश्वरको वचन अभ्यास र अनुभव गर्छौँ,
र हाम्रो जीवन स्वभावहरू परिवर्तन भएका छन्।
परमेश्वरको काम निकै व्यावहारिक छ, र हामीलाई पखालिएको र मुक्ति दिइएको छ।
२
परमेश्वरको वचन सत्यता हो, र यसले हामीलाई जीवनमा मार्ग देखाउँछ।
यसले हामीलाई सत्यता अभ्यास गर्न मार्गहरू दिन्छ,
र आत्म-आचरण र कार्यका सिद्धान्तहरू दिन्छ।
परीक्षा, सङ्कष्ट, र शोधनहरूले हाम्रो आस्था सिद्ध पार्छन्।
परमेश्वरले विजेताहरूको समूह बनाउन शैतानलाई सेवामा प्रयोग गर्नुहुन्छ।
परमेश्वरको स्वभाव पवित्र र धर्मी छ। हामी उहाँको डर मान्छौँ र प्रशंसा गर्छौँ।
हामीलाई परमेश्वरद्वारा मुक्ति दिइएको छ,
र हामी आफ्नो सम्पूर्ण प्राण उहाँलाई खुसीसाथ अर्पण गर्छौँ।
परमेश्वरको काम निकै व्यावहारिक छ, र हामीले त्यो आज अनुभव गरेका छौँ।
हामी आराधनामा परमेश्वरसामु लम्पसार पर्छौँ,
र सर्वशक्तिमान् परमेश्वरले महिमा प्राप्त गर्नुभएको छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू