Christian Dance | परमेश्‍वरले मानिसलाई दिनुहुने मुक्ति निकै व्यावहारिक हुन्छ | Praise Song

29 अप्रिल 2025

मैले ख्रीष्टका वचनहरूको न्याय अनुभव गरेपछि,

मेरो हृदय अन्ततः जाग्छ।

म मेरो भ्रष्टता कति गहन छ, र म साँच्चै शैतानको सन्तान हुँ भन्ने देख्छु।

अरूले मलाई सम्मान गर्नेछन् र पुज्नेछन् भनेर मात्रै म काम गर्छु र कष्ट भोग्छु।

म देखावट गर्न ठुलो कुरा गर्छु र ख्याती र प्राप्तिका लागि अरूसँग प्रतिस्पर्धा गर्छु।

म पूरै हृदयका साथ प्रतिष्ठा र हैसियततर्फ लागिपर्छु,

अनि सधैँ अरूभन्दा माथि हुन चाहन्छु।

म आफ्ना कार्यहरूबारे चिन्तन गर्छु र म निकै अहङ्कारी र मूर्ख छु भन्ने देख्छु।

परमेश्‍वरका वचनको खुलासा र न्यायबिना,

म आफैलाई चिन्न असक्षम हुनेथिएँ।

परमेश्‍वरको न्यायलाई धन्यवाद कि मैले साँच्चै पश्चात्ताप गरेको छु।

परमेश्‍वरका वचन कठोर छन्,

तिनले मेरो हृदय छेड्छन् र मेरो प्राणका गहिराइमा घुस्छन्।

मैले पीडा भोगे पनि, मेरो हृदयमा म परमेश्‍वरका वचन सत्यता हुन् भन्ने बुझ्छु।

परमेश्‍वर सर्वोच्च र सम्माननीय हुनुहुन्छ, तैपनि उहाँ विनम्र हुनुहुन्छ

र उहाँको हैसियतका आधारमा उहाँ प्रभुत्व जमाउनुहुन्न;

म गोबरभन्दा पनि कम मूल्यको छु,

तैपनि म अझै हैसियततर्फ लागिपर्छु—मसँग साँच्चै समझ छैन।

परमेश्‍वरको सार अत्यन्तै असल र सुन्दर छ भन्ने देख्दा म आफूलाई अझै बढी घृणा गर्छु।

म अत्यन्तै लाज महसुस गर्छु र अत्यन्तै धेरै पछुतोका साथ परमेश्‍वरसामु लम्पसार पर्छु।

यदि मैले फेरि सत्यता स्विकार्न र परमेश्‍वरमा समर्पित हुन इन्कार गरेँ भने,

म मानव कहलिन लायक छैनँ।

म वास्तविक र व्यावहारिक रूपमा

सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्ने आशा मात्र गर्छु।

परमेश्‍वरका वचनहरूको न्याय अनुभव गरेर,

म धेरै सत्यताहरू बुझ्न पुगेको छु।

म स्पष्ट देख्छु कि मलाई पाप गर्न

र परमेश्‍वरको प्रतिरोध गर्न डोऱ्याउने शैतानको स्वभाव नै हो।

यदि म परमेश्‍वरको न्याय र शुद्धिकरण स्विकार्दिनँ भने,

मलाई अन्त्यमा हटाउन मात्र सकिन्छ।

मेरा दुष्कर्मी कदमहरूलाई रोकेका परमेश्‍वरको न्याय र सजायले नै हुन्।

परमेश्‍वरले गर्नुहुने मानिसको न्यायले उहाँको धार्मिकता र प्रेम प्रकाश गर्छ।

म परमेश्‍वरका वचनको न्याय स्विकार्न सक्छु भन्ने कुरा

साँच्चै परमेश्‍वरको मुक्ति नै हो।

परमेश्‍वरलाई पछ्याउन र परमेश्‍वरका वचन पढ्न सक्नु

मेरो जीवनको सबैभन्दा ठुलो आशिष् हो।

परमेश्‍वरले मानिसलाई यति व्यावहारिक रूपमा मुक्ति दिनुहुन्छ भन्ने देख्दा,

म सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिन्छु!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्