Christian Dance | परमेश्‍वरको धर्मी न्याय सम्पूर्ण ब्रह्माण्डप्रति लक्षित छ | Praise Song

23 डिसेम्बर 2024

सारा ब्रह्माण्डमाथि धर्मी न्याय आइपर्न लागेका कारण,

सबै मानिसहरू डरपोक बन्छन् र भयभीत हुन्छन्,

किनभने मानव संसारमा धार्मिकता नसुनिएको कुरा हो।

जब धर्मी सूर्य देखा पर्छ, पूर्व प्रकाशित हुनेछ,

अनि त्यसपछि यसले सारा ब्रम्‍हाण्डलाई उज्यालो पार्नेछ र यो सबैकहाँ पुग्नेछ।

यदि मानिसले साँच्‍चै नै मेरो धार्मिकता अभ्यास गर्न सक्छ भने,

डराउनुपर्ने कारण के हुनेछ र?

मेरा सबै मानिसहरू मेरो दिनको आगमनको लागि प्रतिक्षारत छन्,

तिनीहरू सबै मेरो दिनको आगमनको तृष्‍णा गर्छन्।

मैले धार्मिकताको सूर्यका रूपमा रहेको मेरो भूमिकामा सारा मानवजातिमाथि प्रतिशोध ल्याउन

र मानवजातिको गन्तव्य प्रबन्ध गरिदिन तिनीहरू मेरो प्रतीक्षा गर्छन्।

सारा ब्रह्माण्डभन्दा माथि मेरो राज्य आकारमा आइरहेको छ,

र मेरो सिंहासनले करोडौँ मानिसहरूको हृदय ओगट्छ।

स्वर्गदूतहरूको सहकार्यमा मेरो महान् उपलब्धिलाई चाँडै नै पूरा गरिनेछ।

मेरा सबै पुत्रहरू र मेरा मानिसहरू उत्कट इच्‍छासाथ मेरो पुनरागमनको प्रतीक्षा गर्दै,

म तिनीहरूबाट फेरि कहिल्यै अलग नहुने गरी तिनीहरूसँग पुनर्मिलन हुने तृष्णा गर्छन्।

म तिनीहरूसँगै भएका कारण मेरा राज्यका सबै मानिस एकअर्कातर्फ नदौडी

र हर्षित नभई कसरी बस्‍न सक्थे र?

के यो त्यस्तो पुनर्मिलन हो जसका लागि कुनै मूल्य चुकाउनु आवश्यक छैन?

म सबै मानिसहरूका नजरमा सम्‍मानित छु,

म सबैका शब्दहरूमा प्रचारित छु।

त्यसमाथि, जब म फर्कनेछु, तब म शत्रुका सबै शक्तिहरूलाई विजय गर्नेछु।

समय आइपुगेको छ! म मेरो कार्यलाई अघि बढाउनेछु,

म मानिसहरूका बीचमा राजाको रूपमा शासन गर्नेछु!

म फर्कन लागेको अवस्थामा छु! र म बिदा हुनलागेको छु!

सबैले आशा गरेको यही नै हो, तिनीहरूले कामना गर्ने यही नै हो।

म सारा मानवजातिलाई मेरो दिनको आगमन देख्ने तुल्याउने छु,

र तिनीहरूले मेरो दिनको आगमनलाई आनन्दको साथ स्वागत गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २७

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्