Nepali Christian Song | परमेश्‍वरको धर्मी स्वभाव अद्वितीय छ

9 अप्रिल 2026

सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिस, घटना, वा कामकुराले लादेको नियन्त्रण वा प्रतिबन्धको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकाले, कसैले पनि उहाँका सोच र विचारलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयलाई परिवर्तन गर्न नै सक्छ। सृजित प्राणीहरूका सबै कार्य र विचारहरू उहाँको धर्मी स्वभावको न्यायको अधीनमा अस्तित्वमा हुन्छन्। उहाँले क्रोध बर्साउनुहुन्छ कि कृपा भन्ने कुरा कसैले पनि नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले उल्‍लङ्‍घन सहँदैन, न त यसले कसैको सोधपुछ नै सहन्छ; यो सृजित वा असृजित प्राणीमाझ कसैमा पनि नहुने कुरा हो। यो, परमेश्‍वरसँग मात्र हुने अद्वितीय र अनन्य कुरा हो। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र उल्लङ्घन गर्न नसकिने छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई उल्लङ्घन गर्न सकिँदैन। सृजित वा असृजित कुनै पनि प्राणीले उहाँले हासिल गर्ने अभिप्राय राख्नुभएको कुरा गर्ने काममा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्छ। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्