Nepali Christian Song | परमेश्‍वरको वास्तविकता र प्रेमिलो स्वभाव

31 अगस्ट 2026

“यहोवा परमेश्‍वरले आदम र हव्वाका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो” को यस दृश्यमा, हामी देख्न सक्छौँ कि परमेश्‍वर आदम र हव्वाको आमाबुबाका रूपमा देखा पर्नुहुन्छ। परमेश्‍वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै सङ्गी मान्नुभयो। तिनीहरूको एक मात्र परिवारका रूपमा, परमेश्‍वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस, बास र कपासका आवश्यकताहरूको हेरविचार गर्नुभयो। यहाँ, परमेश्‍वर आदम र हव्वाको अभिभावकका रूपमा देखा पर्नुहुन्छ। परमेश्‍वरको यस कार्यमा, मानिसले परमेश्‍वर कति उच्च हुनुहुन्छ भन्‍ने देख्दैन; उसले परमेश्‍वरको सर्वोच्चता, उहाँको अगम्यता देख्दैन, र उहाँको क्रोध वा प्रताप त झनै देख्दैन। उसले परमेश्‍वरको विनम्रता, उहाँको प्रेमिलो दयालुपन, मानिसप्रतिको उहाँको चासो, र उसका निम्ति उहाँको जिम्‍मेवारी र हेरविचार मात्र देख्छ।

आदम र हव्‍वासँग परमेश्‍वरले गर्नुभएको व्यवहारको मनोवृत्ति र तरिका आमाबुबाले आफ्ना छोराछोरीहरूलाई देखाउने चासो, अनि आमाबाबुले आफ्ना छोरा-छोरीहरूलाई प्रेम, हेरचाह र वास्ता गर्ने तरिकाजस्तै छ—वास्तविक, देख्‍न सकिने र मूर्त। आफ्नो शक्तिशाली हैसियतका आधारमा आडम्बर देखाउनुको साटो, परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसका लागि पहिरन बनाउन छालाको प्रयोग गर्नुभयो। यो सरल कुरा हो—कतिपय मानिसहरूलाई यो कुरा उल्लेखनीय छ भन्‍ने समेत लाग्दैन—तर यसले परमेश्‍वरबारे अस्पष्ट कल्पनाहरूले भरिएको उहाँको कुनै पनि अनुयायीलाई उहाँको वास्तविकता र प्रेमिलो स्वभावका बारेमा अन्तर्ज्ञान प्राप्त गर्ने र उहाँको विश्‍वासयोग्यता र विनम्रता देख्‍ने तुल्याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्