Nepali Christian Song | आखिरी दिनहरूमा मानिसलाई परमेश्‍वरको प्रतिज्ञा

23 अगस्ट 2026

विजयको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर संसारमा ल्याइनेछ। यो जीवन, अवश्य पनि, अझै यही पृथ्वीमा नै हुनेछ, तर त्यो आजको मानिसको जीवनभन्दा पूर्णतः फरक हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई विजय गरिएपछि मानवजातिसँग हुने जीवन हुनेछ, यो जीवन मानिसका निम्ति पृथ्वीमा एउटा नयाँ सुरुवात हुनेछ। मानवजातिसँग यस्तो जीवन हुनु भनेको मानवजाति एउटा नयाँ र सुन्दर क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने कुराको प्रमाण हुनेछ; यो पृथ्वीमा परमेश्‍वर र मानिसको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको पूर्वसर्त भनेको मानिस शुद्ध पारिएपछि र विजय गरिएपछि, ऊ सृष्टिकर्ताको सामु समर्पित हुनुपर्छ।

र त्यसैले, विजयको काम भनेको मानवजाति अद्भुत गन्तव्यमा प्रवेश गर्नुअघि परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै पृथ्वीमा मानिसको भविष्यको जीवन हो, पृथ्वीमा अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने प्रकारको जीवन, संसारको इतिहासमा मानिसले यसभन्दा पहिले कहिल्यै हासिल नगरेको प्रकारको जीवन। ६,००० वर्षे व्यवस्थापनको कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो, अनि मानिसलाई परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो।

तर यो प्रतिज्ञा तुरुन्तै साकार हुन सक्दैन: मानिस तब मात्र भावी गन्तव्यभित्र प्रवेश गर्नेछ, जब आखिरी दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्ण रूपमा विजय गरिएको हुन्छ, अर्थात्, जब शैतान पूर्ण रूपले पराजित भएको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्