Christian Dance | परमेश्‍वरका सबै मानिसहरूले उहाँको सक्दो प्रशंसा गर्छन् | Praise Song

18 मे 2025

हामी परमेश्‍वरसामु उठाइएका छौँ,

र हामी प्रचुर भोजमा सहभागी हुन्छौँ।

हामी परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौँ र सत्यता बुझ्छौँ,

हाम्रा आत्मा रिहा भएका छन् र निकै स्वतन्त्र महसुस गर्छन्।

हामी आफ्ना सांसारिक र दैहिक उल्झनहरूबाट उम्कँदै गर्दा,

जीवनमा ज्योतिको मार्गमा पाइला चाल्छौँ।

हाम्रा हृदय कृतज्ञता र प्रशंसाले भरिएका छन्,

र हामी शब्दले बयान गर्न नसकिने हर्ष महसुस गर्छौँ।

हामी हरदिन परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौँ,

न्याय स्विकार्छौँ, र आफैलाई चिन्न पुग्छौँ।

हामी परमेश्‍वरका वचन अभ्यास गर्छौँ र परमेश्‍वरसामु पश्चात्ताप गर्छौँ,

र नयाँ मानिसका रूपमा जिउँछौँ।

न्यायमार्फत हामी पखालिन्छौँ

र हामी आफ्नो शैतानी भ्रष्टता फाल्छौँ।

हामी अब साँच्चै परिवर्तित भएका छौँ,

र यो सबै परमेश्‍वरको मुक्ति र अनुग्रहका कारण हो।

सर्वशक्तिमान् परमेश्‍वरले शैतानलाई पराजित गर्नुभएको छ।

परीक्षा र सङ्कष्टले मानिसहरूको एउटा समूहलाई सिद्ध पार्छन्,

तिनीहरूलाई विजेता बनाउँछन्।

परमेश्‍वरको धर्मी स्वभाव पूर्ण रूपमा प्रकट हुन्छ

र परमेश्‍वरको प्रतिरोध गर्ने सबै नष्ट गरिनेछन्।

परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले उहाँको अनुग्रह प्राप्त गर्छन्;

सत्यता पछ्याउनेहरूले उहाँको मुक्ति प्राप्त गर्छन्।

हामी परमेश्‍वरको स्वभावलाई साँच्चै धर्मी भएकोमा प्रशंसा गर्छौँ

र हाम्रा प्रशंसाका गीतहरू आकाशसम्म पुग्छन्।

सर्वशक्तिमान् परमेश्‍वरको काम साँच्चै चमत्कारी छ।

परमेश्‍वरका वचनहरूले सबै थोक पूरा गर्छन्।

सबै जातिहरू परमेश्‍वरसामु आफूलाई समर्पण गर्छन्,

परमेश्‍वरको महान् काम पूरा भएको छ भनी प्रशंसा गर्छन्।

हामी सारा हृदयले हर्षोल्लासमा प्रशंसा र उल्लास गर्छौँ;

सर्वशक्तिमान् परमेश्‍वर सम्मान र महिमा योग्य हुनुहुन्छ।

पृथ्वीमा परमेश्‍वरको इच्छा अघि बढाइन्छ,

परमेश्‍वरका सबै मानिसहरूले उहाँको सक्दो प्रशंसा गर्छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्