Christian Dance | परमेश्‍वरको प्रेम निकै महान् छ | Praise Song

16 फेब्रुअरी 2025

सर्वशक्तिमान् परमेश्‍वर सत्यता व्यक्त गर्न आउनुभएको छ,

र परमेश्‍वरका भेडाले परमेश्‍वरको आवाज सुन्छन्।

हामी सिंहासनसामु उठाइएका छौँ र परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौँ।

सत्यता बुझ्दा हाम्रो हृदय उज्यालो हुन्छ,

र हामीलाई मलजल र आपूर्ति गरिन्छ।

हामी जीवनमा हरदिन बढ्छौँ, र यो साँच्चै परमेश्‍वरको आशिष् हो।

परमेश्‍वरलाई पछ्याउँदा हामी सत्यता प्राप्त गर्छौँ,

र उहाँको गवाही दिनु हाम्रो कर्तव्य हो।

हामी परमेश्‍वरको प्रेम तिर्न आफ्ना कर्तव्य पूरा गर्छौँ,

र सुन्दर अनि जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरलाई पछ्याउनु निकै ठूलो आशिष् हो,

र हामी सुसमाचार फैलाउन कर्तव्यबद्ध छौँ।

कठिनाइहरू चाहे जे भए पनि, हामी पछि हट्नेछैनौँ;

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई महिमित तुल्याउन हाम्रो गवाहीमा दृढ रहनेछौँ।

परमेश्‍वरका वचनहरूको न्याय र खुलासाले हाम्रो हृदय र आत्मा छेड्छन्।

हामी देख्छौँ कि हामी निकै गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ,

र हामीसँग कुनै मानव रूपनै छैन।

परमेश्‍वरको न्याय स्विकारेर अनि भ्रष्टता फालेर,

हामी पखालिएका छौँ र परमेश्‍वरसामु जिउँछौँ।

परमेश्‍वरको न्यायले हामीलाई मुक्ति दिन्छ, र हामी नयाँ मानव रूपमा जिउँछौँ।

परमेश्‍वरलाई पछ्याउँदा हामी सत्यता प्राप्त गर्छौँ,

र उहाँको गवाही दिनु हाम्रो कर्तव्य हो।

हामी परमेश्‍वरको प्रेम तिर्न आफ्ना कर्तव्य पूरा गर्छौँ,

र सुन्दर अनि जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरलाई पछ्याउनु निकै ठूलो आशिष् हो,

र हामी सुसमाचार फैलाउन कर्तव्यबद्ध छौँ।

कठिनाइहरू चाहे जे भए पनि, हामी पछि हट्नेछैनौँ;

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई महिमित तुल्याउन हाम्रो गवाहीमा दृढ रहनेछौँ।

परमेश्‍वरले व्यक्तिगत रूपमै हामीलाई पानी हाल्नुहुन्छ र हाम्रो गोठालो हुनुहुन्छ,

र उहाँले हरदिन सत्यताबारे बोल्नुहुन्छ र सङ्गति गर्नुहुन्छ।

उहाँले हामीलाई जुनसुकै क्षणमा हामीलाई चाहिने सबथोक प्रदान गर्नुहुन्छ,

र हृदय क्षतबिक्षत हुने गरी हाम्रा लागि चिन्ता गर्नुहुन्छ।

उहाँले हामीलाई काटछाँट, जाँच,

र शोधन गर्नुहुन्छ ताकि उहाँप्रतिको हाम्रो प्रेम अझ शुद्ध होस्।

हामीलाई ठूलो मुक्ति दिइएको छ र हामी सदैव परमेश्‍वरको प्रशंसा गर्नेछौँ!

परमेश्‍वरलाई पछ्याउँदा हामी सत्यता प्राप्त गर्छौँ,

र उहाँको गवाही दिनु हाम्रो कर्तव्य हो।

हामी परमेश्‍वरको प्रेम तिर्न आफ्ना कर्तव्य पूरा गर्छौँ,

र सुन्दर अनि जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरलाई पछ्याउनु निकै ठूलो आशिष् हो,

र हामी सुसमाचार फैलाउन कर्तव्यबद्ध छौँ।

कठिनाइहरू चाहे जे भए पनि, हामी पछि हट्नेछैनौँ;

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई महिमित तुल्याउन हाम्रो गवाहीमा दृढ रहनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्