Christian Dance | परमेश्वरको प्रेम निकै महान् छ | Praise Song
16 फेब्रुअरी 2025
१
सर्वशक्तिमान् परमेश्वर सत्यता व्यक्त गर्न आउनुभएको छ,
र परमेश्वरका भेडाले परमेश्वरको आवाज सुन्छन्।
हामी सिंहासनसामु उठाइएका छौँ र परमेश्वरका वचनहरूको आनन्द उठाउँछौँ।
सत्यता बुझ्दा हाम्रो हृदय उज्यालो हुन्छ,
र हामीलाई मलजल र आपूर्ति गरिन्छ।
हामी जीवनमा हरदिन बढ्छौँ, र यो साँच्चै परमेश्वरको आशिष् हो।
परमेश्वरलाई पछ्याउँदा हामी सत्यता प्राप्त गर्छौँ,
र उहाँको गवाही दिनु हाम्रो कर्तव्य हो।
हामी परमेश्वरको प्रेम तिर्न आफ्ना कर्तव्य पूरा गर्छौँ,
र सुन्दर अनि जोरदार गवाही दिन्छौँ।
परमेश्वरलाई पछ्याउनु निकै ठूलो आशिष् हो,
र हामी सुसमाचार फैलाउन कर्तव्यबद्ध छौँ।
कठिनाइहरू चाहे जे भए पनि, हामी पछि हट्नेछैनौँ;
हामी सर्वशक्तिमान् परमेश्वरलाई महिमित तुल्याउन हाम्रो गवाहीमा दृढ रहनेछौँ।
२
परमेश्वरका वचनहरूको न्याय र खुलासाले हाम्रो हृदय र आत्मा छेड्छन्।
हामी देख्छौँ कि हामी निकै गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ,
र हामीसँग कुनै मानव रूपनै छैन।
परमेश्वरको न्याय स्विकारेर अनि भ्रष्टता फालेर,
हामी पखालिएका छौँ र परमेश्वरसामु जिउँछौँ।
परमेश्वरको न्यायले हामीलाई मुक्ति दिन्छ, र हामी नयाँ मानव रूपमा जिउँछौँ।
परमेश्वरलाई पछ्याउँदा हामी सत्यता प्राप्त गर्छौँ,
र उहाँको गवाही दिनु हाम्रो कर्तव्य हो।
हामी परमेश्वरको प्रेम तिर्न आफ्ना कर्तव्य पूरा गर्छौँ,
र सुन्दर अनि जोरदार गवाही दिन्छौँ।
परमेश्वरलाई पछ्याउनु निकै ठूलो आशिष् हो,
र हामी सुसमाचार फैलाउन कर्तव्यबद्ध छौँ।
कठिनाइहरू चाहे जे भए पनि, हामी पछि हट्नेछैनौँ;
हामी सर्वशक्तिमान् परमेश्वरलाई महिमित तुल्याउन हाम्रो गवाहीमा दृढ रहनेछौँ।
३
परमेश्वरले व्यक्तिगत रूपमै हामीलाई पानी हाल्नुहुन्छ र हाम्रो गोठालो हुनुहुन्छ,
र उहाँले हरदिन सत्यताबारे बोल्नुहुन्छ र सङ्गति गर्नुहुन्छ।
उहाँले हामीलाई जुनसुकै क्षणमा हामीलाई चाहिने सबथोक प्रदान गर्नुहुन्छ,
र हृदय क्षतबिक्षत हुने गरी हाम्रा लागि चिन्ता गर्नुहुन्छ।
उहाँले हामीलाई काटछाँट, जाँच,
र शोधन गर्नुहुन्छ ताकि उहाँप्रतिको हाम्रो प्रेम अझ शुद्ध होस्।
हामीलाई ठूलो मुक्ति दिइएको छ र हामी सदैव परमेश्वरको प्रशंसा गर्नेछौँ!
परमेश्वरलाई पछ्याउँदा हामी सत्यता प्राप्त गर्छौँ,
र उहाँको गवाही दिनु हाम्रो कर्तव्य हो।
हामी परमेश्वरको प्रेम तिर्न आफ्ना कर्तव्य पूरा गर्छौँ,
र सुन्दर अनि जोरदार गवाही दिन्छौँ।
परमेश्वरलाई पछ्याउनु निकै ठूलो आशिष् हो,
र हामी सुसमाचार फैलाउन कर्तव्यबद्ध छौँ।
कठिनाइहरू चाहे जे भए पनि, हामी पछि हट्नेछैनौँ;
हामी सर्वशक्तिमान् परमेश्वरलाई महिमित तुल्याउन हाम्रो गवाहीमा दृढ रहनेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू