Nepali Christian Song | परमेश्वरको प्रेम सबैभन्दा वास्तविक हुन्छ
9 मे 2025
१
जब तिमीहरूमा परमेश्वरको विजयको काम गरिन्छ, त्यो ठूलो मुक्ति हो। तिमीहरू सबै पाप र व्यभिचारको भूमिमा जिउँछौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्वरलाई हेर्न मात्र सक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले यो सबैभन्दा गहन मुक्ति पाएका छौ, भन्नुको मतलब, तिमीहरूले परमेश्वरको सबैभन्दा ठूलो प्रेम पाएका छौ। परमेश्वरले गर्नुहुने सबथोकमा, उहाँ तिमीहरूलाई साँचो प्रेम गर्नुहुन्छ। उहाँको खराब अभिप्राय छैन। तिमीहरूका पापका कारणले नै उहाँले तिमीहरूलाई न्याय गर्नुहुन्छ, ताकि तिमीहरूले आत्मचिन्तन गर्नेछौ र यो अत्यन्तै ठूलो मुक्ति पाउनेछौ। यो सबै मानिसलाई पूर्ण पार्ने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्वरले मानिसलाई मुक्ति दिन सक्दो गर्दै हुनुहुन्छ, र उहाँका आफ्नै हातहरूले सृजना गर्नुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के यो झनै मुक्ति होइन र?
२
परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै खराब अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्वरको प्रेम सबैभन्दा वास्तविक प्रेम हो। मानिस विद्रोही भएकाले मात्र उहाँले तिनलाई न्यायमार्फत मुक्ति दिनुपर्ने हुन्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई मुक्ति दिन असम्भव हुनेथियो। तिमीहरूले दैनिक जीवन जिउन अनि जिउन नजानेकाले, र तिमीहरू यस व्यभिचारी र पापी भूमिमा जिउने र तिमीहरू आफै व्यभिचारी र फोहोर पिशाचहरू भएकाले, उहाँले तिमीहरूलाई अझ बढी पतित बन्न दिन सक्नुहुन्न, तिमीहरू अहिले जसरी यो फोहोर भूमिमा शैतानद्वारा मनपरी कुल्चिइएर जिइरहेका छौ, त्यो उहाँ हेर्न सक्नुहुन्न र उहाँले तिमीहरू पातालमा खस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिका लागि हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)
अन्य प्रकारका भिडियोहरू