Christian Dance | परमेश्वरको प्रेम मानिसहरूमाझ छ | Praise Song
22 सेप्टेम्बर 2024
१
दुई हजार वर्ष अघि, परमेश्वर महिमासाथ यहूदियाबाट प्रस्थान गर्नुभयो।
आखिरी दिनहरूमा, परमेश्वर देह बन्नुभएको छ र विनम्र र गुप्त रूपमा चीनमा आउनुभएको छ।
मानवजातिलाई न्याय गर्न र शुद्ध गर्न उहाँ सत्यता व्यक्त गरेर देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ।
परमेश्वरका वचनले उहाँको सर्वशक्तिमान्ता देखाउँछन्;
तिनले मानिसहरूको एउटा समूहलाई विजय गरेका र मुक्ति दिएका छन्।
परमेश्वरका मानिस एउटै साँचो परमेश्वर, सर्वशक्तिमान् परमेश्वरसामु लम्पसार पर्छन्
र उहाँको आराधना गर्छन्।
परमेश्वरका मानिस एउटै साँचो परमेश्वर, सर्वशक्तिमान् परमेश्वरसामु लम्पसार पर्छन्
र उहाँको आराधना गर्छन्।
२
परमेश्वर, सर्वोच्च र सम्माननीय, उहाँले आफूलाई मानवका रूपमा नम्र तुल्याउनुहुन्छ,
देखा पर्नुहुन्छ अनि उहाँको काम गर्नुहुन्छ।
उहाँका वचनको न्याय र सजायले उहाँको धार्मिकता र पवित्रता प्रकाश गर्छ।
मानव, जो गहन रूपमा भ्रष्ट छ, उहाँद्वारा विजय गरिन्छ र उहाँसामु समर्पित हुन्छ।
ठूलो कष्ट र शोधनद्वारा,
तिनीहरूले परमेश्वरको शुद्धिकरण र सिद्धता प्राप्त गर्छन्।
परमेश्वरको सजाय र न्याय मानिसका लागि उहाँको प्रेम र आशिष् हुन्।
परमेश्वरको सजाय र न्याय मानिसका लागि उहाँको प्रेम र आशिष् हुन्।
३
काम गर्न देह बन्नुहुँदा, परमेश्वरले घोर अपमान सहनुहुन्छ।
उहाँले मानिसको निन्दा र बदनामी भोग्नुहुन्छ,
र उहाँ यो युगद्वारा इन्कार गरिनुभएको छ।
लामो वर्षका कठिनाइद्वारा, उहाँले मानिसलाई मुक्ति दिन लागिरहनुभएको छ।
उहाँ आफ्नो रगत, पसिना र आँसुमार्फत बोल्नुहुन्छ र काम गर्नुहुन्छ,
मानिसको पश्चात्तापको प्रतीक्षा गरिरहनुभएको छ।
परमेश्वरको धार्मिकता र विश्वासयोग्यताले करोडौँको हृदय जितेको छ।
परमेश्वरको धार्मिकता र विश्वासयोग्यताले करोडौँको हृदय जितेको छ।
४
परमेश्वरको विनम्रता र गुप्तता देख्दा हामी प्रशंसाले अभिभूत हुन्छौँ।
हामी परमेश्वरको धार्मिकता र पवित्रता जान्दा डर र समर्पणताले भरिएका छौँ।
कुनै पनि शब्दहरूले परमेश्वरका निम्ति भएको हाम्रो प्रेम पूर्णतया व्यक्त गर्न सक्दैनन्।
कृतज्ञता र प्रेम हाम्रो हृदयका गहिराइमा सम्मिलित भएका छन्।
हामी परमेश्वरको प्रेम चुकाउन आफ्नो पूरै प्राण अर्पण गर्नेछौँ
र आफ्ना कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नेछौँ।
हामी परमेश्वरको प्रेम चुकाउन आफ्नो पूरै प्राण अर्पण गर्नेछौँ
र आफ्ना कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू