Christian Dance | परमेश्‍वरको प्रेम मानिसहरूमाझ छ | Praise Song

22 सेप्टेम्बर 2024

दुई हजार वर्ष अघि, परमेश्‍वर महिमासाथ यहूदियाबाट प्रस्थान गर्नुभयो।

आखिरी दिनहरूमा, परमेश्‍वर देह बन्नुभएको छ र विनम्र र गुप्त रूपमा चीनमा आउनुभएको छ।

मानवजातिलाई न्याय गर्न र शुद्ध गर्न उहाँ सत्यता व्यक्त गरेर देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ।

परमेश्‍वरका वचनले उहाँको सर्वशक्तिमान्‌ता देखाउँछन्;

तिनले मानिसहरूको एउटा समूहलाई विजय गरेका र मुक्ति दिएका छन्।

परमेश्‍वरका मानिस एउटै साँचो परमेश्‍वर, सर्वशक्तिमान् परमेश्‍वरसामु लम्पसार पर्छन्

र उहाँको आराधना गर्छन्।

परमेश्‍वरका मानिस एउटै साँचो परमेश्‍वर, सर्वशक्तिमान् परमेश्‍वरसामु लम्पसार पर्छन्

र उहाँको आराधना गर्छन्।

परमेश्‍वर, सर्वोच्च र सम्माननीय, उहाँले आफूलाई मानवका रूपमा नम्र तुल्याउनुहुन्छ,

देखा पर्नुहुन्छ अनि उहाँको काम गर्नुहुन्छ।

उहाँका वचनको न्याय र सजायले उहाँको धार्मिकता र पवित्रता प्रकाश गर्छ।

मानव, जो गहन रूपमा भ्रष्ट छ, उहाँद्वारा विजय गरिन्छ र उहाँसामु समर्पित हुन्छ।

ठूलो कष्ट र शोधनद्वारा,

तिनीहरूले परमेश्‍वरको शुद्धिकरण र सिद्धता प्राप्त गर्छन्।

परमेश्‍वरको सजाय र न्याय मानिसका लागि उहाँको प्रेम र आशिष् हुन्।

परमेश्‍वरको सजाय र न्याय मानिसका लागि उहाँको प्रेम र आशिष् हुन्।

काम गर्न देह बन्नुहुँदा, परमेश्‍वरले घोर अपमान सहनुहुन्छ।

उहाँले मानिसको निन्दा र बदनामी भोग्नुहुन्छ,

र उहाँ यो युगद्वारा इन्कार गरिनुभएको छ।

लामो वर्षका कठिनाइद्वारा, उहाँले मानिसलाई मुक्ति दिन लागिरहनुभएको छ।

उहाँ आफ्नो रगत, पसिना र आँसुमार्फत बोल्नुहुन्छ र काम गर्नुहुन्छ,

मानिसको पश्चात्तापको प्रतीक्षा गरिरहनुभएको छ।

परमेश्‍वरको धार्मिकता र विश्‍वासयोग्यताले करोडौँको हृदय जितेको छ।

परमेश्‍वरको धार्मिकता र विश्‍वासयोग्यताले करोडौँको हृदय जितेको छ।

परमेश्‍वरको विनम्रता र गुप्तता देख्दा हामी प्रशंसाले अभिभूत हुन्छौँ।

हामी परमेश्‍वरको धार्मिकता र पवित्रता जान्दा डर र समर्पणताले भरिएका छौँ।

कुनै पनि शब्दहरूले परमेश्‍वरका निम्ति भएको हाम्रो प्रेम पूर्णतया व्यक्त गर्न सक्दैनन्।

कृतज्ञता र प्रेम हाम्रो हृदयका गहिराइमा सम्मिलित भएका छन्।

हामी परमेश्‍वरको प्रेम चुकाउन आफ्नो पूरै प्राण अर्पण गर्नेछौँ

र आफ्ना कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नेछौँ।

हामी परमेश्‍वरको प्रेम चुकाउन आफ्नो पूरै प्राण अर्पण गर्नेछौँ

र आफ्ना कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्