Christian Song | परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ

28 जुलाई 2021

सर्वशक्तिमान साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजाले,

सबै राष्ट्रहरू र सबै मानिसहरूको सामना गर्दै,

सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ

र स्वर्गमुनिका सबै कुराहरू परमेश्‍वरको महिमाले चम्किन्छन्।

ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्।

पर्वतहरू, नदीहरू, तालहरू,

जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले

साँचो परमेश्‍वरको चेहराको ज्योतीमा तिनीहरूको पर्दाहरू खुलागरि तानिएको छ,

र तिनीहरू सपनाबाट व्युझे झैँ, तिनीहरू माटोमार्फत फुटीनिस्कने टुसाहरू झैँ,

पुनर्जीवित भएका छन्!

आह! एक सत्य परमेश्‍वर संसार सामुन्ने देखा पर्नुहुन्छ।

कसले प्रतिरोधसाथ उहाँको समिप आउने साहस गर्छ?

सबै डरले काम्दछन्। सबै पूर्ण रूपले विश्‍वस्त भएका छन्,

र सबैले बारम्बार क्षमा माग्छन्।

सबै मानिसहरू उहाँको अघि आफ्ना घुँडा टेक्छन्,

र सबै मुखहरूले उहाँको आराधना गर्छन्!

सबै महाद्वीपहरू, सागरहरू र, पर्वतहरू, नदीहरू—

सबै थोकहरूले अनन्त रूपमा उहाँको प्रशंसा गर्दछन्!

वसन्त ऋतु शुद्ध वसन्त झरी ल्याउँदै आफ्नो न्यानो वायुसँगै आउँछ।

सबै मानिसहरू जस्तै, खोलाको प्रवाहहरू

कृतज्ञता र आत्म-निन्दाको आँसु झार्दै, दुःख र आनन्दसँगै, बग्दछ।

नदीहरू, तालहरू, लहर र तरङ्गहरू

सबैले सत्य परमेश्‍वरको पवित्र नाउँको स्तुतिगान गर्दै, गाउँदैछन्!

प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ!

एक चोटि शैतानद्वारा भ्रष्‍ट बनाइएका पुराना वस्तुहरू,

तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण

र परिवर्तित हुनेछन् र पूर्णरूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ!

यसलाई सुन्। त्यो धेरै सुमधुर आवाज सिंहासनको वाणी हो,

जसले समय आएको छ,अन्तिम अन्त्य आएको छ भनी हरेक राष्ट्र र मानिसलाई घोषणा गर्दछ।

परमेश्‍वरको व्यवस्थापनको योजना सकिएको छ। उहाँको राज्य पृथ्वीमा खुला रूपमा देखिएको छ।

संसारका राज्यहरू म परमेश्‍वरको राज्य भएका छन्।

परमेश्‍वरको सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्!

उहाँको आवाज सुन्‍ने र हरेक राष्ट्र र भूमिबाट एकत्र हुने

उहाँका मानिसहरूमाथि म आनन्दसाथ नजर लगाउँछु।

सबै मानिसहरू साँचो परमेश्‍वरलाई सधैँ आफ्नो सामुन्‍ने राख्दै

आनन्दले निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्!

उनीहरू संसारको लागि साक्षी हुन्छन्,

र साँचो परमेश्‍वरप्रति उनीहरूको साक्षीको आवाज

धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्।

सबै मानिसहरू परमेश्‍वरको राज्यभित्र भेला हुनेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्