Nepali Christian Song | मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन

20 अप्रिल 2026

मानिसहरूमा परमेश्‍वरका स्वभावहरूको हरेक पक्ष, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको हरेक पक्ष र परमेश्‍वरले गर्नुहुने कामका बारेमा केही बुझाइ भए पनि, यो बुझाइको अधिकांश भाग शब्दको, धर्मसिद्धान्तको र विचारको तहमै सीमित रहन्छ। मानिसहरूमा वास्तविक अनुभवबाट आउने वास्तविक ज्ञान र अन्तर्ज्ञानको सबैभन्दा कमी छ। मानिसहरूको हृदयलाई जगाउनका लागि परमेश्‍वरले विभिन्‍न विधिहरू प्रयोग गर्नुहुने भए तापनि, मानिसहरू कुन हदसम्म साँच्चिकै जाग्न सक्छन् भन्ने कुरा तिनीहरूका पछ्याइहरूमा भर पर्छ—संक्षेपमा भन्नुपर्दा, तिमीहरू सबैले अझै धेरै लामो बाटो हिँड्नु छ।

म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चिसोमा छोडेर जानुभएको, उहाँले तिनीहरूलाई त्याग्‍नुभएको वा तिरस्कार गर्नुभएको जस्तो महसुस गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने, सबै जना सत्यता पछ्याउने र परमेश्‍वरलाई चिन्न खोज्ने मार्गमा लागून्, नहिचकिचाई वा पछाडि नफर्की, कुनै पनि फिक्री वा भारविना नै दृढतापूर्वक अघि बढून्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए पनि, तैँले जुनसुकै गलत मोड लिएको भए पनि वा तैँले जसरीसुकै अपराध गरेको भए पनि, परमेश्‍वर सम्बन्धी ज्ञानको खोजीमा तिनलाई तैँले बोक्नुपर्ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। हर समयमा, मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य पक्ष यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्