Christian Praise Song | परमेश्‍वरको विनम्रता अत्यन्तै प्रेमिलो छ

18 जनवरी 2021

परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ

कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ

र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ।

परमेश्वर मानिसहरूको माझमा जिउन र खानका निम्ति,

मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन।

बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो

शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ।

उहाँले यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको

केन्द्रमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्।

परमेश्वरले सहनुहुने विशाल कठिनाइ देहधारी परमेश्वरले भोग्ने कठिनाइ मात्र होइन,

बरु सबैभन्दा बढी त परमेश्वरको आत्माले अत्यधिक अपमान सहनुपर्दछ—

उहाँले आफैलाई यत्ति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ।

परमेश्वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन

र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून।

यो कुरा परमेश्वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ।

परमेश्वरको आत्मालाई देहमा अनुभव गरिन्छ।

उहाँको आत्मा यति उच्च र महान् छ,

तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको,

एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ।

योग्यता, अन्तरदृष्टि,

चेतना, मानवता, र तिमीहरू प्रत्येकको जीवनले

तिमीहरू परमेश्वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ।

तिमीहरू आफ्नो खातिर परमेश्वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ।

परमेश्वर धेरै महान् हुनुहुन्छ। परमेश्वर धेरै महान् हुनुहुन्छ।

उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्,

तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ।

उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन,

बरु उहाँ त मानिसहरूसँगसँगै बस्नुहुन्छ।

परमेश्वर औधि नम्र, औधि प्रेमिलो हुनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्