परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५१

2 मे 2021

परमेश्‍वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँ यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको बास स्थानमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने ठूलो कठिनाइ मात्र देहधारी परमेश्‍वरले भोग्ने कठिनाइ होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मा देहमा प्रकट हुनुभएको छ। उहाँको आत्मा यति उच्च र महान् हुनुहुन्छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको योग्यता, अन्तर्दृष्टि, चेतना, मानवता, र जीवनले तिमीहरू परमेश्‍वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्‍वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्‍वर अत्यन्तै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै बस्नुहुन्छ। परमेश्‍वर अत्यन्तै नम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरको नम्रता निकै प्रेमिलो छ

पद १

परमेश्‍वर आफूलाई विनम्र बनाउनुहुन्छ, भ्रष्ट मानिसमा काम गर्नुहुन्छ। तिनलाई सिद्ध पार्न उहाँ मानिस बन्नुहुन्छ; तिनलाई गोठालो, आपूर्ति गर्नुहुन्छ, भ्रष्टलाई मुक्ति दिन, ठूलो रातो अजिङ्गरको हृदयमा आउनुहुन्छ, तिनलाई बदल्ने र नयाँ बनाउने काम गर्नुहुन्छ। मानिस बन्न विनम्र बन्नुहुन्छ, त्यसले ल्याउने कठिनाइ सहनुहुन्छ। यो उहाँको आत्माको ठूलो अपमान हो।

कोरस

परमेश्‍वर, महान् र उच्च; मानिस तुच्छ र नीच। तैपनि उहाँ बोल्नु, आपूर्ति गर्नु, तिनमाझ जिउनुहुन्छ। उहाँ निकै विनम्र, प्रेमिलो हुनुहुन्छ।

पद २

सामान्य जीवन, खाँचो साथ, देहमा जिउनुहुँदा, विनम्र हुनुभएको पुष्टि हुन्छ। उहाँका आत्मा, उच्च र महान्, उहाँको आत्माको काम गर्न, साधारण मानिस झैँ आउनुहुन्छ।

ब्रिज

तिमीहरू उहाँको कामको, उहाँले भोग्नुभएका पीडाको लागि अयोग्य छौ। यो तिमीहरूका गुणस्तर र समझमा देखिन्छ। तिमीहरू उहाँको कामको, उहाँले भोग्नुभएका पीडाको लागि अयोग्य छौ। यो तिमीहरूको मानवत्व र जीवनमा देखिन्छ।

कोरस

परमेश्‍वर, महान् र उच्च; मानिस तुच्छ र नीच। तैपनि उहाँ बोल्नु, आपूर्ति गर्नु, तिनमाझ जिउनुहुन्छ। उहाँ निकै विनम्र, प्रेमिलो हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्