परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४३

22 अक्टोबर 2021

मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू गर्नुपर्ने कुरा यही नै हो। पवित्र आत्माद्वारा गरिनै पर्ने गर्न कुरा पवित्र आत्मालाई नै गर्न दिऊँ; मानिसले यसमा कुनै भूमिका खेल्न सक्दैन। मानिसद्वारा गरिनु पर्ने कुरामा मात्र मानिस दृढ रहनुपर्छ, जसको पवित्र आत्मासँग कुनै सम्बन्ध छैन। यो मानिसले गर्नुपर्ने बाहेक केही होइन, र यसलाई पुरानो करारको व्यवस्थालाई पालन गरेजस्तै, यसलाई पनि आदेशको रूपमा पालन गरिनुपर्छ। हुन त अहिले व्यवस्थाको युग होइन, तर पनि अझसम्म पनि पालन गर्नुपर्ने धेरै वचनहरू छन्, जुन व्यवस्थाको युगमा बोलिएका वचनहरू जस्तै, उस्तै प्रकारका छन्। ती वचनहरू केवल पवित्र आत्माको स्पर्शमा भर परेर मात्रै व्यवहारमा लागू गरिँदैनन्, बरु ती मानिसले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणको लागि: व्यावहारिक परमेश्‍वरको कामलाई तैँले न्याय गर्नु हुँदैन। परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसलाई तैँले विरोध गर्नु हुँदैन। परमेश्‍वरको सामुन्ने, तँ आफ्नो स्थानमा बस्‍नुपर्छ र हठी हुनुहुँदैन। बोलीवचनमा तँ संयमित हुनुपर्छ, र तेरा वचन र कामहरूले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको प्रबन्धहरूलाई अनुसरण गर्नुपर्छ। तैँले परमेश्‍वरको गवाहीलाई आदर गर्नुपर्छ। तैँले परमेश्‍वरको काम र उहाँका मुखबाट निस्किएका वचनहरूलाई बेवास्ता गर्नुहुँदैन। तैँले परमेश्‍वरका वाणीहरूको लबज र लक्ष्यलाई नक्कल गर्नु हुँदैन। बाहिरी रूपमा, तैँले त्यस्तो केही गर्नु हुँदैन जसले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्पष्ट रूपमा विरोध गर्छ। र त्यस्तै-त्यस्तै। हरेक व्यक्तिले पालन गर्नुपर्ने कुराहरू यिनै हुन्। हरेक युगमा परमेश्‍वरले व्यवस्थाहरूसँग सम्बन्धित र मानिसले पालना गर्नु पर्ने धेरै नियमहरू तोक्‍नुहुन्छ। यसद्वारा, उहाँले मानिसको स्वभावलाई नियन्त्रण गर्नुहुन्छ र उसको इमानदारीता पत्ता लगाउनुहुन्छ। उदाहरणको लागि, “तिमीहरूका बुबा र आमालाई सम्मान गर” भन्‍ने पुरानो करारका वचनहरूलाई विचार गर। आज यी वचनहरू लागू हुँदैनन्; त्यो समयमा तिनले मानिसका केही बाह्य स्वभावलाई नियन्त्रित मात्रै गरे, परमेश्‍वरमा मानिसको विश्‍वासको इमानदारीतालाई देखाउन प्रयोग गरियो, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको चिन्‍ह थिए। अहिले राज्यको युग भए पनि मानिसले पालना गर्नुपर्ने धेरै नियमहरू अझै छन्। विगतका नियमहरू लागू हुँदैनन्, र आज मानिसले अभ्यास गर्नको लागि उपयुक्त धेरै अभ्यासहरू छन् र ती आवश्यक छन्। तिनले पवित्र आत्माको कामलाई समावेश गर्दैनन् र ती मानिसद्वारा नै गरिनुपर्छ।

अनुग्रहको युगमा, व्यवस्थाको युगका धेरै अभ्यासहरूलाई परित्याग गरियो किनकि ती व्यवस्थाहरू त्यो समयको कामको लागि निश्‍चित रूपमा प्रभावकारी भएनन्। तिनीहरूलाई परित्याग गरिएपछि त्यो युगको लागि उपयुक्त रहेका धेरै अभ्यासहरू अघि सारियो, र ती आजका धेरै नियमहरू बनेका छन्। आजका परमेश्‍वर आउनुभएपछि ती नियमहरूलाई अलग गरियो र तिनीहरूलाई पालना गर्नुपर्ने आवश्यकता रहेन, र आजको कामको लागि उपयुक्त धेरै प्रचलनहरू अघि सारियो। आज, ती प्रचलनहरू नियमहरू होइनन् तर प्रभाव प्राप्त गर्नका लागि लक्षित छन्; तिनीहरू आजको लागि उपयुक्त छन्—भोलि सायद तिनीहरू नियमहरू बन्‍नेछन्। सङ्क्षेपमा, तैँले त्यसलाई पालन गर्नुपर्छ जुन आजको कामको लागि फलदायी छ। भोलिलाई ध्यान नदे: आज जे गरिन्छ त्यो आजको लागि हुन्छ। हुनसक्छ जब भोलि आउँछ, तैँले लागू गर्नु पर्ने राम्रा अभ्यासहरू हुनेछन्—तर त्यसलाई अति धेरै ध्यान नदे। बरु परमेश्‍वरको विरोध गर्नबाट बच्‍न त्यो कुराको पालना गर्, जुन कुरा आज पालना गर्नुपर्छ। आज, मानिसको लागि निम्‍न कुराको पालनाभन्दा बढी महत्त्वपूर्ण अरू केही छैन: तैँले तेरो आँखा अगाडि उभिनुहुने परमेश्‍वरलाई मनाउने वा उहाँबाट कुनै कुरा लुकाउने कोसिस गर्नु हुँदैन। तेरो सामुन्ने हुनुहुने परमेश्‍वरका अघि तैँले अपशब्द वा अहङ्कारी कुरा बोल्नु हुँदैन। मीठा वचनहरू र राम्रा बोलीवचनहरूद्वारा उहाँको विश्‍वास जित्नको लागि तेरो आँखा सामुन्नेका परमेश्‍वरलाई तैँले छल गर्नु हुँदैन। परमेश्‍वरका अगाडि तैँले अनादर पूर्वक व्यवहार गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका सबै कुरालाई तैँले पालन गर्नुपर्छ, र उहाँका वचनहरूको प्रतिरोध, विरोध वा विवाद गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले आफू अनुकूल अर्थ लगाउनु हुँदैन। दुष्टको छली योजनाहरूको शिकार हुनबाट आफूलाई जोगाउन तैँले आफ्नो जिब्रोलाई काबुमा राख्नुपर्छ। परमेश्‍वरद्वारा तेरो लागि तय गरिएका सीमाहरू नाघ्‍नबाट जोगिन तैँले आफ्ना कदमहरूलाई काबुमा राख्नुपर्छ। यदि तैँले नाघिस् भने, यसले तँलाई परमेश्‍वरको स्थानमा उभिने र अभिमानी र आडम्बरी वचनहरू बोल्ने बनाउनेछ, र त्यसैले परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ। परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले जथाभाबी फैलाउनु हुँदैन, नत्र अरूले तेरो निन्दा गर्छन् र दियाबलसहरूले तँलाई मूर्ख बनाउँछन्। तैँले आजका परमेश्‍वरका सबै काम पालन गर्नुपर्छ। यदि तैँले यसलाई बुझिनस् भने पनि, तैँले यसलाई न्याय गर्नु हुँदैन; तैँले गर्न सक्ने भनेको खोजी गर्नु र सङ्गति गर्नु हो। परमेश्‍वरको मूल स्थानलाई कुनै व्यक्तिले पनि उल्लङ्घन गर्नु हुँदैन। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरको सेवा गर्नेभन्दा बढी केही गर्न सक्दैनस्। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरलाई सिकाउन सक्दैनस्—यसो गर्नु भनेको पथभ्रष्ट हुनु हो। परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्थानमा कोही पनि खडा हुन सक्दैन; तेरा वचनहरू, व्यवहारहरू, र अन्तस्करणका विचारहरूमा, तँ मानिसकै स्थानमा खडा छस्। यसलाई मानिसले पालन गर्नुपर्छ, यो उसकै जिम्मेवारी हो, र यसलाई कसैले पनि बदल्‍न सक्दैन; त्यस्तो दुष्प्रयासले प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नेछ। यसलाई सबैले सम्झिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। नयाँ युगका आज्ञाहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्