परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४१

6 फेब्रुअरी 2023

पृथ्वीमा, म व्यावहारिक परमेश्‍वर स्वयम्‌ हुँ जो मानिसहरूका हृदयमा बस्‍नुहुन्छ; स्वर्गमा, म सारा सृष्टिको मालिक हुँ। मैले पर्वतहरू चढेको र नदीहरूको जङ्घार तरेको छु, र म मानवजातिको माझमा पसेको र बाहिर निस्केको छु। कसले व्यावहारिक परमेश्‍वर स्वयम्‌को खुल्लमखुल्ला विरोध गर्ने साहस गर्छ? कसले सर्वशक्तिमान्‌को सार्वभौमिकताबाट टाढा जाने हिम्मत गर्न सक्छ? कसले कुनै शङ्का नगरी म स्वर्गमा छु भनी भन्‍न सक्छ? यसबाहेक, म निर्विवाद पृथ्वीमा छु भनेर कसले दाबी गर्न सक्छ? सारा मानवजातिमा यस्तो कोही छैन जसले म बस्‍ने प्रत्येक ठाउँको बारेमा विस्तृत रूपमा ठीकठीक बताउन सकोस्। के स्वर्गमा हुँदा म अलौकिक परमेश्‍वर स्वयम्‌ र पृथ्वीमा हुँदा व्यावहारिक परमेश्‍वर स्वयम्‌ हुन सक्छु? निश्‍चय नै, म सारा सृष्टिका व्यावहारिक परमेश्‍वर हो कि होइन भन्‍ने कुरालाई म सम्पूर्ण सृष्टिको शासक हुनुले वा मैले मानिसको संसारको पीडा अनुभव गर्नुले निर्धारित गर्दैन, गर्छ त? यदि त्यसरी निर्धारित गर्ने भए त, के मानिसहरू आशा नै हराउने गरी अज्ञानी हुँदैनथे र? म स्वर्गमा छु, तर म पृथ्वीमा पनि छु; म सृष्टिका असङ्ख्य वस्तुहरूमाझ र मानिसहरूका भीडहरूमाझ पनि छु। मानिसहरूले मलाई प्रत्येक दिन छुन सक्छन्; यसबाहेक, तिनीहरूले मलाई प्रत्येक दिन देख्‍न सक्छन्। जहाँसम्म मानवजातिले मलाई देख्‍ने कुरा छ, तिनीहरूको लागि म कहिले गुप्त जस्तो देखिन्छु र कहिले देख्‍न सकिने जस्तो हुन्छु; म वास्तवमा अस्तित्वमा छु जस्तो देखिन्छु, तर म अस्तित्वमा नभएको जस्तो पनि देखिन्छु। ममा मानिसहरूले बुझ्न नसक्‍ने रहस्यहरू छन्। यस्तो लाग्छ, सबै मानिसले आफ्नो हृदयभित्रको असहज भावनाहरू हटाउनका निम्ति ममा भएका अझ अरू रहस्यहरू पत्ता लगाउन माइक्रोस्कोपद्वारा हेरिरहेका छन्। तैपनि, यदि तिनीहरूले एक्स-रे नै प्रयोग गरे भने पनि, मसँग भएका कुनै पनि रहस्यहरूलाई मानवजातिले कसरी उजागर गर्न सक्छ र?

मेरो कामको परिणामस्वरूप, मेरा मानिसहरूले मसँगसँगै महिमा प्राप्त गरेको क्षणमा, त्यो ठूलो रातो अजिङ्गरको ओडार पत्ता लगाइनेछ, सबै हिलो र फोहोर हटाएर सफा गरिनेछ, र कैयौँ वर्षदेखि जमेको सबै प्रदूषित पानी अबउप्रान्त अस्तित्वमै नरहने गरी मेरो दन्केको आगोमा सुकिजानेछ। त्यसपछि, ठूलो रातो अजिङ्गर आगो र गन्धकको कुण्डमा नष्ट हुनेछ। त्यो अजिङ्गरले तिमीहरूलाई खोसेर नलैजाओस् भनी के तिमीहरू साँच्‍चै मेरो प्रेमिलो वास्तामुनि बस्‍न तयार छौ? के तिमीहरू साँच्‍चै त्यसका कपटपूर्ण चाललाई घृणा गर्छौ? कसले मेरो लागि बलियो साक्षी दिन सक्छ? मेरो नाउँको खातिर, मेरो आत्माको खातिर र मेरो सम्पूर्ण व्यवस्थापन योजनाका खातिर, कसले आफ्ना सबै सामर्थ्यको बलिदान दिन सक्छ? आज, जब यो राज्य मानव संसारमा छ, यही समय हो, जुन बेला म मानिसहरूको बीचमा आएको छु। यदि त्यस्तो नभएको भए, के कोही कुनै चिन्ता नगरी मेरो पक्षमा लडाइँको मैदानमा उत्रिन सक्थ्यो र? त्यस राज्यले आकार लिओस्, मेरो हृदय सन्तुष्ट होस्, अनि त्यसबाहेक, मेरो दिन आओस्, सृष्टिका असङ्ख्य थोकहरूको पुनर्जन्म हुने र प्रशस्त मात्रामा बढ्ने समय आओस्, मानिसहरूलाई तिनीहरूका दुःखको समुद्रबाट छुटकारा दिन सकियोस्, भोलिको दिन आओस् र यो आश्‍चर्यजनक होस्, फलोस् र फुलोस्, र त्यसबाहेक, भविष्यको आनन्द पूरा हुन सकोस् भनेर, सबै मानिसले आफ्नो पूरा शक्तिका साथ संघर्ष गर्दै छन्, मेरो लागि आफैलाई बलिदान गर्न कुनै कसर बाँकी राखेका छैनन्। के यो विजय पहिले नै मेरो भइसकेको छ भन्‍ने कुराको सङ्केत होइन र? के यो मेरो योजना पूरा भइसेकेको छ भन्‍ने कुराको निसान होइन र?

आखिरी दिनहरूमा जति धेरै मानिसहरू अस्तित्वमा हुन्छन्, तिनीहरूले संसारको शून्यता त्यति नै धेरै महसुस गर्नेछन्, र उनीहरूसित जीवन जिउने साहस त्यति नै थोरै हुनेछ। यस कारणले गर्दा, अनगिन्ती मानिसहरू निराश भएर मरेका छन्, अरू असङ्ख्य मानिसहरूले आफ्‍नो खोजमा हरेस खाएका छन्, र अरू अनगिन्ती मानिसहरूले शैतानको हातको नियन्त्रणमा पीडा भोगिरहेका छन्। मैले धेरै मानिसहरूलाई बचाएँ र तीमध्ये धेरैलाई सहयोग गरेँ, र मानिसहरूले ज्योति गुमाएको बेला धेरैपटक मैले तिनीहरूलाई ज्योतिको ठाउँमा फर्काएर ल्याएको छु, ताकि तिनीहरूले मलाई ज्योतिमा चिनून् र खुसीले ममा रमाऊन्। मेरो ज्योति आएको कारण, मेरो राज्यमा बसोबास गर्ने मानिसहरूका हृदयमा भक्ति बढ्छ, किनकि म मानवजातिले प्रेम गर्नुपर्ने परमेश्‍वर हुँ—त्यो परमेश्‍वर हुँ, जोसँग मानिसहरू स्‍नेहसाथ जोडिन्छन्—अनि, तिनीहरू मेरो स्वरूपको प्रभावको छापद्वारा भरिएका हुन्छन्। यद्यपि, सबै कुरा भनिसकिएपछि र गरिसकिएपछि, यो आत्माको काम हो कि देहको काम हो भनेर बुझ्ने कोही हुँदैन। यो एउटा कुरा पूर्ण रूपमा अनुभव गर्न मानिसहरूलाई जीवनभरिको समय लाग्छ। मानिसहरूले तिनीहरूका हृदयभित्रका स्थानहरूमा मलाई कहिल्यै पनि तुच्छ ठानेका छैनन्; बरु तिनीहरू आफ्ना आत्माको गहिराइमा मसँग टाँसिइरहन्छन्। मेरो बुद्धिले उनीहरूको प्रशंसा बढाउँछ, मैले गर्ने आश्‍चर्यकर्महरू तिनीहरूका आँखाका तृप्ति हुन्, र मेरा वचनहरूले तिनीहरूको दिमाग घुमाउँछ, तैपनि तिनीहरूले तिनलाई प्रेमपूर्वक सम्हालेर राख्छन्। मेरो वास्तविकताले मानिसहरूलाई अन्योल तुल्याउँछ, अवाक् बनाउँछ र छक्‍क पार्छ, र तापनि तिनीहरू तिनलाई स्वीकार्न तयार हुन्छन्। के यो मानिसहरू जस्ता छन् त्यसको सही मापन होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १५

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्