परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३९

26 नोभेम्बर 2022

तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्‍वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू पालन गर्नैपर्छ। म तँलाई उड्ने बादलभन्दा बढी केही नबन् भनेर भन्दिन, तर तँ चम्किलो हिउँ बन्, र त्यसको सार प्राप्त गर् र अझ भन्दा, यसको मान प्राप्त गर्। म पवित्र भूमिबाट आएको हुनाले, म त्यो कमलको फूलजस्तो होइन, जसको केवल नाउँ छ तर कुनै सार छैन, किनकि त्यो हिलोबाट आएको हो, पवित्र भूमिबाट होइन। नयाँ स्वर्ग पृथ्वीमा झर्ने र नयाँ पृथ्वी आकाशहरूमा फैलने समय ठीक त्यही समय पनि हो, जुन बेला म औपचारिक रूपमा मानिसहरूमाझ काम गरिरहेको हुन्छु। मानवजातिमाझ कसले मलाई चिन्छ? मेरो आगमनको क्षण कसले देख्यो? मेरो नाउँ मात्र छैन, तर ममा सार पनि छ भनी कसले देखेको छ? म मेरो हातले सेता बादलहरू हटाउँछु र आकाशलाई नजिकबाट नियालेर हेर्दछु; अन्तरिक्षमा मेरो हातले नमिलाएको कुनै कुरा नै छैन, र त्यसको मुनि, मेरो शक्तिशाली उद्यमको कामका लागि आफ्नो सानो प्रयास योगदान नगर्ने कोही छैन। म सधैँ व्यावहारिक परमेश्‍वर रहिआएको हुनाले, र म मानिसहरूलाई सृष्टि गर्ने र तिनीहरूलाई राम्ररी चिन्ने सर्वशक्तिमान् भएको हुनाले म पृथ्वीका मानिसहरूबाट कठिन माग गर्दिनँ। सबै मानिसहरू सर्वशक्तिमानको आँखाको सामुन्ने छन्। पृथ्वीको दुर्गम किनारमा भएका मानिसहरू पनि कसरी मेरो आत्माको जाँचबाट बच्न सक्छन्? मानिसहरूले मेरो आत्मालाई “चिने” पनि तिनीहरूले अझै पनि मेरो आत्मालाई दुःखी बनाउँछन्। मेरा वचनहरूले सबै मानिसको कुरूप अनुहारका साथै उनीहरूका भित्री विचारहरूलाई उदाङ्गो पार्दछन्, र पृथ्वीमा भएका सबैलाई मेरो ज्योतिद्वारा मामुली पार्ने र मेरो सूक्ष्म जाँचको दौरान असफल तुल्याउने गर्दछन्। तथापि, असफल भए पनि तिनीहरूका हृदयले मबाट टाढा जाने साहस गर्दैन। सृष्टि गरिएका वस्तुहरू मध्येमा, को चाहिँ मेरा कामहरूको फलस्वरूप मलाई प्रेम गर्न आउँदैन र? मेरा वचनहरूको परिणामस्वरूप कसले मेरो चाहना गर्दैन र? मेरो प्रेमको परिणामस्वरूप कसमा अनुरागको भावनाहरू उत्पन्न हुँदैन र? शैतानको भ्रष्टताको कारणले मात्र मानिसहरू मैले अनिवार्य गरेको अवस्थामा पुग्न असमर्थ भएका छन्। मैले अनिवार्य गरेको न्यूनतम मापदण्डहरूले समेत मानिसहरूमा सन्देह उत्पन्न गर्दछ, आजको विषयमा त झन् केही नभने हुन्छ—यो युग, जहाँ शैतानले दङ्गा गर्दछ र एकदमै निरङ्कुश भएको छ—वा त्यो समय, जसमा मानिसहरूलाई शैतानले यतिसम्म कुल्चेको छ कि तिनीहरूका शरीर पूरै फोहोरमा लतपत छन्। मानिसहरूका भ्रष्टताको फलस्वरूप तिनीहरू मेरो हृदयको वास्ता गर्न असफल भएका छन् भन्‍ने कुराले मलाई कहिले दुःखी बनाएको छैन र? के म शैतानलाई टिठ्याउन सक्छु? के मैले आफ्नो प्रेममा गल्ती गरेको हुन सक्छु? जब मानिसहरूले मेरो अवज्ञा गर्छन्, मेरो हृदय चुपचाप रुन्छ; जब तिनीहरू मेरो प्रतिरोध गर्छन् म तिनीहरूलाई दण्ड दिन्छु; जब तिनीहरू मद्वारा बचाइन्छन् र मरेकाहरूबाट पुनरुत्थान हुन्छन्, म अधिकतम ध्यान दिएर तिनीहरूलाई पोषित गर्दछु; जब तिनीहरू मेरो अधीनमा बस्छन्, मेरो हृदय ढुक्क हुन्छ र म तुरुन्त स्वर्ग र पृथ्वी अनि सबै कुराहरूमा ठूला परिवर्तनहरू भएको महसुस गर्दछु। जब मानिसहरूले मेरो प्रशंसा गर्छन्, तब म त्यसको आनन्द नलिई कसरी बस्न सक्छु र? जब तिनीहरू मेरो साक्षी बन्छन् र मद्वारा प्राप्त हुन्छन्, तब मैले कसरी महिमा प्राप्त गर्दिन र? के मानिसले जे-जसरी कार्य र व्यवहार गर्छन् सो मद्वारा संचालित र आपूर्ति नगरिएको हुन सक्छ र? जब म दिशानिर्देश गर्दिनँ, मानिसहरू निष्क्रिय र सुस्त हुन्छन्; यसबाहेक, मेरो पिठिउँपछाडि तिनीहरू ती “प्रशंसनीय” फोहोर कारोबारमा संलग्न हुन्छन्। के तँलाई मैले धारण गरेको देहले तेरा कार्यहरू, तेरा व्यवहारहरू र तेरा बोलीवचनहरू केही पनि जान्दैन भनी सोच्छस्? मैले धेरै वर्ष बतास र वर्षा सहेको छु, अनि त्यसरी नै मैले मानवीय संसारको तीतोपना अनुभव गरेको छु; तापनि, ध्यान दिएर विचार गर्दा, जत्ति नै धेरै दुःख-कष्टले पनि देहीय मानवजातिलाई ममाथि आशा मार्ने बनाउन सक्दैन, कुनै पनि मिठासले देहीय मानवलाई मप्रति चिसो, निराश वा तिरस्कारपूर्ण पार्ने त कुरै नगरौं। के मप्रतिको तिनीहरूको प्रेम साँच्चै दु:खको कमी वा मिठासको कमीमा सीमित छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ९

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्