परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३७

4 मार्च 2023

मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले तिनलाई संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरो इच्छाअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरो इच्छाअनुसार नचल्नेहरूलाई दण्ड दिन आजदेखि सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरो इच्छाअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने आँट मात्र गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्‍लङ्घन गर्नु हुँदैन भन्ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरूले पूर्ण रूपमा र ठोस रूपमा मेरो आज्ञापालन गर्नुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्‍लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ, किनकि म परमेश्‍वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १००

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्