Nepali Christian Song | परमेश्‍वरका कार्यहरूले ब्रह्माण्डको विशालता ओगटेको छ | with lyrics

22 अक्टोबर 2021

पद १

परमेश्‍वरले माथिबाट सबै थोक हेर्नुहुन्छ,

र माथिबाटै प्रभुत्व जमाउनुहुन्छ।

यसका साथै, परमेश्‍वरले पृथ्वीमा आफ्नो मुक्ति पठाउनुभएको छ।

परमेश्‍वर आफ्नो गुप्तस्थानबाट सधै‌ हेरिरहनुहुन्छ,

मानिसका सबै चाल, तिनीहरूले जे भन्छन् र गर्छन्।

परमेश्‍वरको लागि मानिसहरू खुला किताब हुन्।

गुप्तस्थान परमेश्‍वरको निवास हो,

आकाश-मण्डल उहाँको सुत्ने ओछ्यान हो।

शैतानको बल परमेश्‍वरसम्म पुग्न सक्दैन,

कारण उहाँ धार्मिकता र न्यायले पूर्ण हुनुहुन्छ।

पद २

परमेश्‍वरले सब थोक आफ्नो पाउले कुल्चनुभएको छ,

ब्रह्माण्डमा आफ्नो नज़र फैलाउनुभएको छ।

परमेश्‍वर मानिसहरूको बीचमा हिँड्नुभएको छ,

मिठास र तितोपनको साथै मानव संसारका सबै स्वादहरू चाख्नुभएको छ।

तापनि मानिसहरुले कहिल्यै परमेश्‍वरलाई साँचो रूपमा चिनेनन्,

न त तिनीहरूले परमेश्‍वरले यात्रा गर्दा ध्यान नै दिए।

किनकि परमेश्‍वर मौन हुनुहुन्थ्यो, र कुनै अलौकिक कार्य गर्नुभएन,

तसर्थ कसैले पनि उहाँलाई साँचो रूपमा देखेनन्।

विगत जस्तो छैन आज:

परमेश्‍वरले युगौंदेखि संसारले कहिल्यै नदेखेका कार्यहरू गर्नुहुनेछ,

परमेश्‍वरले युगौंदेखि संसारले कहिल्यै नसुनेका वचनहरू बोल्नुहुनेछ,

किनकि सम्पूर्ण मानवजातिले देहधारी परमेश्‍वरलाई चिनोस् भन्ने उहाँ चाहनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्