परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७४

1 जनवरी 2021

परमेश्‍वर र मानिसलाई समान शब्दहरूमा व्यक्त गर्न सकिंदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत तवरले आफ्नो कार्य गर्नुहुन्न र मानिसको संसारमा उहाँका वचनहरू बोल्नुहुन्न भने, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्ने थिएनन्। अनि यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्ने थिएनन्। यदि परमेश्‍वरले कार्य गर्न लाग्नुहुन्न भने, मानिसले जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैं मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै परको हुन्छ। र यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन् तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषा गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्न मन पराउँछन्—के उनीहरू अहङ्कारकासाथ बोलिरहेका छैनन् र? हामी सबैले जान्नुपर्दछ कि मानिस जो देहबाटको हो, ऊ शैतानद्वारा भ्रष्ट पारिइएको छ। मानवजातिको आफ्नै स्वभाव परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्ने विषयमा चाहिँ यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्ने हाम्रो अभिप्राय भएकोले हामीले परमेश्‍वरले विचार गरून् भनी उहाँको कार्यमा आफ्ना विचारहरू माथिबाट थोप्नुहुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावलाई अधिकतम प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्दछौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यको बाटो खोज्नुपर्दछ, र परमेश्‍वरसँग उपयुक्त हुने बाटोको खोजी गर्नुपर्छ। हामी उहाँसँग हठपूर्ण विरोधमा खडा हुनुहुँदैन। त्यस्तो कार्यबाट सम्भवतः के भलाइ हुन सक्छ र?

आज, परमेश्‍वरले नयाँ कार्य गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई आफ्नो स्वभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त हुन्छन् तिनीहरूले उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ कार्य गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कने बारेको कुरा गरिरहेको हुन्छु। सायद, यी वचनहरूले तँलाई दु:ख नदेलान्; सायद, तँ ती वचनलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। स्थिति जेसुकै भए पनि, म आशा गर्दछु कि परमेश्‍वर देखा परून् भनी साँच्चै चाहनेहरू सबैले यस तथ्यलाई सामना गर्न सक्छन् र त्यसको बारेमा हतारमा निष्कर्षमा पुग्नुभन्दा बरु त्यसलाई ध्यानपूर्वक जाँच गर्दछन्; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यता जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ। बाहिरी देखा पर्ने घटनाले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खांदैन। के येशूको बाहिरी देखा पर्ने घटना मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोशाक उहाँको वास्तविक पहिचानको संकेत दिन असक्षम थिएनन् र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी देखा पर्ने घटनालाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाई तथा दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैन। तँ आधुनिक समयका फरिसी बन्नुहुँदैन र परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्नुहुँदैन। तैँले परमेश्‍वरको फर्काइलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि तँमा सत्यको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने भन्ने विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फेरि आउनुहुने दिन पर्खने सबैको यो जिम्मेवारी हो। ती कुराहरूलाई स्पष्ट बनाउन हामीले आफ्ना आत्मिक आँखाहरू मल्नुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नुहुँदैन। हामीले परमेश्‍वरको व्यावहारिक कार्यको बारेमा सोच्नुपर्दछ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्दछ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पूरा गर्नुपर्छ भनी नजान्ने तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा सधैं अन्तै नजाओ वा आफै दिवा सपनामा बगेर नजाओ। अझ बढी व्यावहारिक विषयहरूमा सोचविचार गर्नु राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्