परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६७

8 मार्च 2023

म सर्वोच्च स्वर्गलाई मेरा कार्यहरूको ‍प्रकटीकरणद्वारा भर्नेछु र पृथ्वीका सबै थोकलाई मेरो शक्तिसामु लम्पसार पर्न लगाउनेछु, यसरी “विश्‍व एकता” को लागि मेरो योजना कार्यान्वयन गर्नेछु र मेरो यो चाहनालाई सफलतामा पुर्‍याउनेछु, ताकि मानवजाति अबउप्रान्त पृथ्वीमा “यताउता भौँतारिने” छैनन्, बरु तिनीहरूले कुनै ढिलाइ नगरिकन सुहाउँदो गन्तव्य भेट्नेछन्। म हरेक किसिमले मानव जातिको लागि सोचविचार गर्छु, यस्तो गर्नेछु ताकि सारा मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आऊन्, ताकि तिनीहरूका जीवनका दिनहरू अबउप्रान्त दुःखी र उजाड नहोऊन्, र ताकि पृथ्वीमा मेरा योजना शून्यतामा नपुगोस्। मानिस त्यहाँ अस्तित्वमा रहने भएकोले, म मेरो राष्ट्र पृथ्वीमा निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एक अंश पृथ्वीमा रहेको छ। माथि स्वर्गमा, म मेरो सहरलाई उचित तुल्याउनेछु र त्यसरी नै माथि र तलका सबै थोकलाई नवीन बनाउनेछु। म स्वर्गको माथि र तल अस्तित्वमा रहेका सबै थोकलाई एकतामा ल्याउनेछु ताकि, पृथ्वीका हरेक थोक स्वर्गमा भएका सबै थोकसँग एकीकृत होस्। यो मेरो योजना हो; अन्तिम युगमा मैले हासिल गर्ने उपलब्धि नै यही हो—मेरो कामको यो भागमा कसैले पनि हस्तक्षेप नगरोस्! अविश्वासी राष्ट्रहरूमाझ मेरो कामलाई फैलाउनु नै पृथ्वीमा मैले गर्ने मेरो कामको अन्तिम भाग हो। मैले गर्ने कामलाई कसैले पनि बोध गर्न सक्दैन, र यही कारणले गर्दा, मानिसहरू निकै नै भ्रममा परेका छन्। अनि म पृथ्वीमा मैले गर्ने मेरो काममा पूरै व्यस्त भएको हुनाले, मानिसहरूले यसलाई “खेल खेल्ने” अवसर बनाउँछन्। तिनीहरूलाई अत्यन्तै उपद्रवी बन्नबाट रोक्नको लागि, मैले तिनीहरूलाई अग्निकुण्डको अनुशासन कारबाही सहन गर्नको लागि मेरो सजायअन्तर्गत राखेको छु। यो मेरो कामको एउटा चरण हो, र म मेरो कामको यो चरणलाई पूरा गर्नको लागि उक्त अग्निकुण्डको सामर्थ्य प्रयोग गर्नेछु; अन्यथा, मेरो कामलाई अघि बढाउन नै असम्भव हुन्छ। म सारा ब्रह्माण्डभरिका मानवजातिलाई मेरो सिंहासनअघि समर्पित हुन लगाउनेछु, मेरो न्यायअनुरूप तिनीहरूलाई विविध श्रेणीमा विभाजन गर्नेछु, ती श्रेणीहरूअनुसार तिनीहरूलाई वर्गीकरण गर्नेछु, र अझै तिनीहरूलाई तिनीहरूको परिवारमा विभाजन गर्नेछु, ताकि सम्पूर्ण मानवजातिले मलाई अवज्ञा गर्न छाडून्, यसको साटो तिनीहरू मैले नामाकरण गरेका श्रेणीहरूअनुसार स्पष्ट र व्यवस्थित बन्दोबस्तमा रहून्—कोही पनि यतिकै जहीँतहीँ चलफिर नगरोस्! सारा ब्रह्माण्डभरि नै मैले नयाँ काम गरेको छु; सारा ब्रह्माण्डभरि नै मेरो आकस्मिक देखा पराइबाट सारा मानवजाति अचम्‍मित र अक्क न बक्क भएका छन्, र मेरो देखा पराइद्वारा खुला अन्तरिक्षमा तिनीहरूको क्षितिज बृहत् रूपमा विस्तारित भएको छ। आज यस्तै त छ नि होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्