परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५६

25 अप्रील 2021

सर्वशक्तिमान साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजाले, सबै राष्ट्रहरू र सबै मानिसहरूको सामना गर्दै, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ र स्वर्गमुनिका सबै कुराहरू परमेश्‍वरको महिमाले चम्किन्छन्। ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको चेहराको ज्योतीमा तिनीहरूको पर्दाहरू खुलागरि तानिएको छ, र तिनीहरू सपनाबाट व्युझे झैँ, तिनीहरू माटोमार्फत फुटीनिस्कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक सत्य परमेश्‍वर संसार सामुन्ने देखा पर्नुहुन्छ। कसले प्रतिरोधसाथ उहाँको समिप आउने साहस गर्छ? सबै डरले काम्दछन्। सबै पूर्ण रूपले विश्‍वस्त भएका छन्, र सबैले बारम्बार क्षमा माग्छन्। सबै मानिसहरू उहाँको अघि आफ्ना घुँडा टेक्छन्, र सबै मुखहरूले उहाँको आराधना गर्छन्! सबै महाद्वीपहरू, सागरहरू र, पर्वतहरू, नदीहरू—सबै थोकहरूले अनन्त रूपमा उहाँको प्रशंसा गर्दछन्! वसन्त ऋतु शुद्ध वसन्त झरी ल्याउँदै आफ्नो न्यानो वायुसँगै आउँछ। सबै मानिसहरू जस्तै, खोलाको प्रवाहहरू कृतज्ञता र आत्म-निन्दाको आँसु झार्दै, दुःख र आनन्दसँगै, बग्दछ। नदीहरू, तालहरू, लहर र तरङ्गहरू सबैले सत्य परमेश्‍वरको पवित्र नाउँको स्तुतिगान गर्दै, गाउँदैछन्! प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ! एक चोटि शैतानद्वारा भ्रष्‍ट बनाइएका पुराना वस्तुहरू, तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण र परिवर्तित हुनेछन् र पूर्णरूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई सुन्। त्यो धेरै सुमधुर आवाज सिंहासनको वाणी हो, जसले समय आएको छ, अन्तिम अन्त्य आएको छ भनी हरेक राष्ट्र र मानिसलाई घोषणा गर्दछ। मेरो व्यवस्थापनको योजना सकिएको छ। मेरो राज्य पृथ्वीमा खुला रूपमा देखिएको छ। संसारका राज्यहरू मेरो राज्य भएका छन्, जो म परमेश्‍वर हुँ। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्! पृथ्वीको कुना-कुनाबाट … हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै मानिसहरू हरेक दिशाबाट सँगसँगै हतारिँदै आउनेछन्…।

म मेरा मानिसहरूमाथि आनन्दसाथ हेर्छु, जसले मेरो आवाज सुन्छ र हरेक राष्ट्र र भूमिबाट एकत्र हुन्छन्। सबै मानिसहरू साँचो परमेश्‍वरलाई सधैँ आफ्नो सामुन्‍ने राख्दै आनन्दले निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! उनीहरू संसारको लागि साक्षी हुन्छन्, र साँचो परमेश्‍वरप्रति उनीहरूको साक्षीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्। सबै मानिसहरू मेरो राज्यभित्र भेला हुनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्युँताउछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेका छस्? अब उप्रान्त हठी नहोओ न त खेलबाड गर्। यो मौकालाई नगुमाओ। यो समय फेरी आउनेछैन! यही घडी उठ, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तैँले मेरो स्वभाव जियाउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरो पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिरह, सडकको अन्त्य नआएसम्म सिधा बढिरह!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको लागि बोलाइएको हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्रले परमेश्‍वरको अघि आत्मसमर्पण गर्नेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्णरूपमा विश्‍वस्त हुनेछन्, र साँचो परमेश्‍वरसँग अनन्तसम्म प्रशंसा गर्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरूले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै मसँग महिमामा भाग लिनेछन् र राज्याधिकार बाँडनेछन्। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलस शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, सलाम छ जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! एउटा आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको कुरा दर्शाउँछ कि राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। एक पटक तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारी सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरूले प्रभावकारी हुनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्