Christian Dance | परमेश्‍वर मानवजातिको भविष्यप्रति विलाप गर्नुहुन्छ | Praise Song

27 डिसेम्बर 2024

संसारको व्यापक फैलावटमा बारम्बार महासागरहरू भरिएर मैदानमा

र जमिनहरू बगेर महासागरहरूमा परिवर्तित भइरहेका छन्।

यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक,

अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन।

यस मानवजातिका निम्ति श्रम गर्ने वा तयारी गर्ने शक्तिशाली व्यक्ति कोही पनि छैन,

मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने

र सांसारिक अन्यायहरूबाट मुक्त गर्न सक्‍ने व्यक्ति त झनै छैन।

मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ,

अनि मानिस पाइला दर पाइला

पतन र फर्कन नसक्‍ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ।

परमेश्‍वरको हृदय तोडेको र दुष्‍टलाई खोज्नका लागि उहाँलाई त्यागेको,

त्यस्तो मानवजाति कुन दिशातर्फ लागेको छ भन्‍ने कुरा कसैले कहिल्यै विचार गरेको छैन।

यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध अनुभूति गर्दैन,

कसैले पनि परमेश्‍वरलाई प्रसन्न पार्ने तरिका खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन,

अझ भन्नुपर्दा, कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन।

परमेश्‍वरको आवाज सुनेपछि पनि,

मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्‍वरबाट टाढा जान जिद कस्छ,

परमेश्‍वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ,

परमेश्‍वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ।

र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने,

परमेश्‍वरलाई एकपटक फर्केर झलक्क समेत नहेरी तिरस्कार गरेको

यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ?

कसैलाई थाहा छैन कि परमेश्‍वरले बारम्बार सम्झौटो र अर्ती दिनुहुने कारण भनेको

उहाँले आफ्नो हातमा एउटा अभूतपुर्व विपत्ति तयार पार्नुभएको छ,

जुन मानिसको देह र प्राणलाई असह्य हुनेछ।

यो विपत्ति देहका निम्ति मात्र दण्ड होइन, तर प्राणका निम्ति पनि हो।

तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ,

र उहाँका सम्झौटो र अर्तीहरूको कुनै प्रतिक्रिया दिँदैन,

तब उहाँले कस्तो क्रोध बर्साउनुहुन्छ होला?

यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको

र थाहा नपाएको किसिमको हुनेछ।

त्यसैले म भन्छु, यो विपत्ति अभूतपूर्व छ,

र कहिल्यै दोहोरिनेछैन।

किनकि परमेश्‍वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्‍टि गर्नु

र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो।

यो पहिलो पटक र अन्तिम पटक पनि हो।

त्यसकारण, परमेश्‍वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका विचारशील अभिप्रायहरू

र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्