Christian Dance | परमेश्वर मानवजातिको भविष्यप्रति विलाप गर्नुहुन्छ | Praise Song
27 डिसेम्बर 2024
१
संसारको व्यापक फैलावटमा बारम्बार महासागरहरू भरिएर मैदानमा
र जमिनहरू बगेर महासागरहरूमा परिवर्तित भइरहेका छन्।
यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक,
अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन।
यस मानवजातिका निम्ति श्रम गर्ने वा तयारी गर्ने शक्तिशाली व्यक्ति कोही पनि छैन,
मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने
र सांसारिक अन्यायहरूबाट मुक्त गर्न सक्ने व्यक्ति त झनै छैन।
मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ,
अनि मानिस पाइला दर पाइला
पतन र फर्कन नसक्ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ।
परमेश्वरको हृदय तोडेको र दुष्टलाई खोज्नका लागि उहाँलाई त्यागेको,
त्यस्तो मानवजाति कुन दिशातर्फ लागेको छ भन्ने कुरा कसैले कहिल्यै विचार गरेको छैन।
२
यसैकारणले गर्दा कसैले पनि परमेश्वरको क्रोध अनुभूति गर्दैन,
कसैले पनि परमेश्वरलाई प्रसन्न पार्ने तरिका खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन,
अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडालाई बुझ्न खोज्दैन।
परमेश्वरको आवाज सुनेपछि पनि,
मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्वरबाट टाढा जान जिद कस्छ,
परमेश्वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ,
परमेश्वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ।
र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने,
परमेश्वरलाई एकपटक फर्केर झलक्क समेत नहेरी तिरस्कार गरेको
यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ?
३
कसैलाई थाहा छैन कि परमेश्वरले बारम्बार सम्झौटो र अर्ती दिनुहुने कारण भनेको
उहाँले आफ्नो हातमा एउटा अभूतपुर्व विपत्ति तयार पार्नुभएको छ,
जुन मानिसको देह र प्राणलाई असह्य हुनेछ।
यो विपत्ति देहका निम्ति मात्र दण्ड होइन, तर प्राणका निम्ति पनि हो।
तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ,
र उहाँका सम्झौटो र अर्तीहरूको कुनै प्रतिक्रिया दिँदैन,
तब उहाँले कस्तो क्रोध बर्साउनुहुन्छ होला?
यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको
र थाहा नपाएको किसिमको हुनेछ।
त्यसैले म भन्छु, यो विपत्ति अभूतपूर्व छ,
र कहिल्यै दोहोरिनेछैन।
किनकि परमेश्वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्टि गर्नु
र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो।
यो पहिलो पटक र अन्तिम पटक पनि हो।
त्यसकारण, परमेश्वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका विचारशील अभिप्रायहरू
र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
अन्य प्रकारका भिडियोहरू