Nepali Christian Song | परमेश्‍वर मानवजातिको भविष्यप्रति विलाप गर्नुहुन्छ | with lyrics

18 जनवरी 2022

पद १

इतिहास अघि असंख्य पटक,

परिवर्तित विशाल संसारमा,

मानवको अगुवाइ-मार्गदर्शन गर्न,

सबैमाथि राज गर्ने उहाँबाहेक छैन कोही।

मानव आवश्यकता निमित्त श्रम र तयारी गर्ने,

छैन कुनै शक्तिशाली व्यक्ति।

सक्तैन उसलाई उज्यालो गन्तव्यमा पुर्याउन कोही,

न सक्छ यो संसारको अन्यायबाट मुक्त गर्न।

कोरस

मानव भविष्यप्रति गर्नुहुन्छ परमेश्‍वर विलाप,

तिनको पतनमा हुनुहुन्छ दु:खी कस्तो।

पीडा छ उहाँलाई कि मानवजाति बिस्तारै,

हिँड्दैछ फर्कन नमिल्ने, क्षयको बाटो।

बिद्रोह गरे मानिसले, तोडे हृदय परमेश्‍वरको

र त्यागे उहाँलाई, पाउन दुष्टलाई।

रोकिएर एकछिन छैन कसैले सोचेको,

कि मानव अन्तत: जान्छ कहाँ।

पद २

रोकिएर कसले गर्छ महसुस, क्रोध उहाँको?

चाहन्छ को खुशी पार्न र निकट हुन उहाँको?

को छ दु:ख बुझ्ने परमेश्‍वरको,

वा पीडा महसुस गर्ने उहाँको?

बोलावट उहाँको सुनेपछि पनि,

उहाँको कृपा, सत्य र रखवारीको नजरबाट,

टाढिने बाटोतर्फ हिँडिरहन्छ मानिस

र बेच्छ स्वेच्छाले शैतानलाई आफू।

कोरस

मानव भविष्यप्रति गर्नुहुन्छ परमेश्‍वर विलाप,

तिनको पतनमा हुनुहुन्छ दु:खी कस्तो।

पीडा छ उहाँलाई कि मानवजाति बिस्तारै,

हिँड्दैछ फर्कन नमिल्ने, क्षयको बाटो।

बिद्रोह गरे मानिसले, तोडे हृदय परमेश्‍वरको

र त्यागे उहाँलाई, पाउन दुष्टलाई,

रोकिएर एकछिन छैन कसैले सोचेको,

कि मानव अन्तत: जान्छ कहाँ।

पद ३

कस्तो व्यवहार हुन्छ परमेश्‍वरको तिनीप्रति,

जो गर्छ विरोध र नकार्छ उहाँलाई?

बुझ कि उहाँको बोलावट र आग्रह पछि,

आउँछ विपत्ति भयानक र असह्य।

मानव देह र आत्मालाई, गर्छ दण्डित त्यसले,

जब हुन्छ उहाँको योजना विफल र आवाज उपेक्षित।

थाहा हुदैन कसैलाई उहाँको क्रोधको प्रकार,

क्रोध—जुन मानिसले न कहिले सुनेको वा भोगेको छ।

ब्रिज

विपत्ति यो, हो अद्वितीय,

योजना परमेश्‍वरको, एउटै सृष्टि र मुक्ति।

यो हो पहिलो र अन्तिम पटक,

सक्तैन कसैले बुझ्न हृदयबाट।

मानवलाई मुक्ति दिने परमेश्‍वरको,

साँचो संकल्प र उत्कट इच्छा।

कोरस

मानव भविष्यप्रति गर्नुहुन्छ परमेश्‍वर विलाप,

तिनको पतनमा हुनुहुन्छ दु:खी कस्तो।

पीडा छ उहाँलाई कि मानवजाति बिस्तारै,

हिँड्दैछ फर्कन नमिल्ने, क्षयको बाटो ,

बिद्रोह गरे मानिसले, तोडे हृदय परमेश्‍वरको

र त्यागे उहाँलाई, पाउन दुष्टलाई।

रोकिएर एकछिन छैन कसैले सोचेको,

कि मानव अन्तत: जान्छ कहाँ।

कि मानव अन्तत: जान्छ कहाँ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्