इसाई गीत | आखिरी दिनहरूमा परमेश्‍वरले मानिसलाई आफ्‍ना वचनहरूले न्याय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ

25 अक्टोबर 2020

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न,

मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न,

मानिसले कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यो औँल्याउन,

मानिसलाई परमेश्‍वरका कामहरू देखाउन,

र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्ति, र विलक्षणता देखाउन आउनुभएको हो।

र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्ति, र विलक्षणता देखाउन आउनुभएको हो।

परमेश्‍वरले बोल्ने धेरै तरिकाहरूद्वारा

मानिसले परमेश्‍वरको सर्वोच्चता, परमेश्‍वरको विशालता र,

अझ बढी परमेश्‍वरको विनम्रता र गुप्तता देख्छ।

परमेश्‍वर सर्वोच्‍च हुनुहुन्छ,

तर उहाँ विनम्र र गुप्त हुनुहुन्छ, र सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्‍ने मानिसले देख्‍न सक्छ।

उहाँका केही वचनहरू सीधै आत्माको परिप्रेक्ष्यबाट,

केही सीधै मानिसको परिप्रेक्ष्यबाट,

र केही तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोलिएका छन्।

यसमा, परमेश्‍वरका कामको तरिका अत्याधिक रूपमा फरक हुन्छन्,

र वचनहरूद्वारा नै उहाँले मानिसलाई यो देख्‍ने तुल्याउनुहुन्छ।

यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम

मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान;

मानिसको भ्रष्ट आचरण र मानिसको स्वभावको तत्वको पर्दाफास;

र धार्मिक धारणाहरू, सामन्ती सोच,

पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो।

परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ।

आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न,

परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन।

उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन,

र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ

उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन,

र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ

ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न

र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्,

र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्।

आखिरी दिनहरूमा, परमेश्‍वरले मुख्य रूपमा त्यो चरणको काम समाप्त पार्ने

अभिप्राय राख्नुहुन्छ जसमा वचन शरीरमा देखा पर्नुहुन्छ,

र यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्