इसाई गीत | आखिरी दिनहरूमा परमेश्वरले मानिसलाई आफ्ना वचनहरूले न्याय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ
25 अक्टोबर 2020
आखिरी दिनहरूका देहधारी परमेश्वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न,
मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न,
मानिसले कुन कुरामा प्रवेश गर्नुपर्ने हो त्यो औँल्याउन,
मानिसलाई परमेश्वरका कामहरू देखाउन,
र मानिसलाई परमेश्वरको बुद्धि, सर्वशक्ति, र विलक्षणता देखाउन आउनुभएको हो।
र मानिसलाई परमेश्वरको बुद्धि, सर्वशक्ति, र विलक्षणता देखाउन आउनुभएको हो।
परमेश्वरले बोल्ने धेरै तरिकाहरूद्वारा
मानिसले परमेश्वरको सर्वोच्चता, परमेश्वरको विशालता र,
अझ बढी परमेश्वरको विनम्रता र गुप्तता देख्छ।
परमेश्वर सर्वोच्च हुनुहुन्छ,
तर उहाँ विनम्र र गुप्त हुनुहुन्छ, र सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्ने मानिसले देख्न सक्छ।
उहाँका केही वचनहरू सीधै आत्माको परिप्रेक्ष्यबाट,
केही सीधै मानिसको परिप्रेक्ष्यबाट,
र केही तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोलिएका छन्।
यसमा, परमेश्वरका कामको तरिका अत्याधिक रूपमा फरक हुन्छन्,
र वचनहरूद्वारा नै उहाँले मानिसलाई यो देख्ने तुल्याउनुहुन्छ।
यो युगको दौरान परमेश्वरले गर्नुहुने काम
मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान;
मानिसको भ्रष्ट आचरण र मानिसको स्वभावको तत्वको पर्दाफास;
र धार्मिक धारणाहरू, सामन्ती सोच,
पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो।
परमेश्वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ।
आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न,
परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्हहरू र अचम्मका कामहरू होइन।
उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन,
र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ
उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन,
र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ
ताकि परमेश्वरका वचनहरूमा, मानिसले परमेश्वरको बुद्धि र प्रेमिलो स्वभाव देख्न
र परमेश्वरको स्वभाव बुझ्न सकोस्,
र ताकि परमेश्वरका वचनहरूद्वारा, मानिसले परमेश्वरका कामहरू देखोस्।
आखिरी दिनहरूमा, परमेश्वरले मुख्य रूपमा त्यो चरणको काम समाप्त पार्ने
अभिप्राय राख्नुहुन्छ जसमा वचन शरीरमा देखा पर्नुहुन्छ,
र यो परमेश्वरको व्यवस्थापन योजनाको एउटा भाग हो।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू