Nepali Christian Song | परमेश्‍वरले तिम्रो हृदय र आत्मा खोजिरहनुभएको छ | with lyrics

9 फेब्रुअरी 2022

पद १

सर्वशक्तिमानको जीवनको प्रावधानबाट मानव भड्केका छन्।

आफू बाँच्नुको कारण जान्दैनन्, तर मृत्युसँग डराउँछन्।

सहयोग वा समर्थन बिना,

अझै आँखा बन्द गर्न हिच्किचाउँछन्।

आफ्नो हीन अस्तित्व

संसारमा लम्ब्याउन बल गर्छन्,

आत्म-अनुभूति नभएका देहका पोका,

आत्म-अनुभूति नभएका देहका पोका।

तिमी बिना आशा बाँचिरहन्छौ,

अरू जस्तै बिना लक्ष्य बाँचिरहन्छौ।

प्राचीन कथाको परमपवित्रले मात्र तिनलाई

मुक्ति दिनुहुनेछ जो, आफ्नो संकट माझ

व्याकुलताका साथ उहाँको आगमनको प्रतीक्षा गर्छन्।

चेतनाको अभाव हुनेहरूमा

अहिलेसम्म यो विश्‍वास देखिएको छैन।

तैपनि, मानव यसको तृष्णा गर्छन्, तृष्णा गर्छन्।

पद २

गहिरो कष्ट भोग्नेहरू माथि सर्वशक्तिमानको कृपा रहन्छ;

अनि चेतना नभएकासँग

उहाँ दिक्क हुनुहुन्छ,

किनकि उहाँले मानवबाट

जवाफ पाउन धेरै कुर्नुपर्छ।

उहाँ तिम्रो हृदय र आत्मा

खोज्न चाहनुहुन्छ,

तिमीलाई खाना र पानी ल्याउन,

तिमीलाई जगाउन, तिमी अब

तिर्खाउनु-भोकाउनु नपरोस् भनी।

ब्रिज

जब तिमी थाक्छौ

अनि जब यो संसारमा

वैराग्यपन महसुस गर्न थाल्छौ,

तिमी नहराऊ, तिमी नरोऊ।

सर्वशक्तिमान परमेश्‍वर, रखवालाले,

जुनैबेला पनि तिम्रो आगमन अँगाल्नुहुनेछ।

पद ३

तिमी फर्कने प्रतीक्षामा रहँदै

उहाँ तिम्रै छेउमा रहेर रखवारी,

तिम्रो स्मृति फर्कने दिनको प्रतीक्षा गर्दै हुनुहुन्छ:

जब तिमी उहाँबाटै आएको महसुस गर्छौ,

तिमी उहाँबाटै आयौ,

कुनै अज्ञात समयमा तिमीले दिशा गुमायौ,

कुनै अज्ञात समयमा तिमीले बाटोमा चेतना गुमायौ,

र कुनै अज्ञात समयमा तिमीले “पिता” प्राप्त गर्यौ;

सर्वशक्तिमानले रेखदेख गरिरहनुभएको, लामो समयदेखि तिमीलाई

पर्खिरहनुभएको जब तिमी महसुस गर्छौ,

पर्खिरहनुभएको जब तिमी महसुस गर्छौ, महसुस गर्छौ, पर्खिरहनुभएको जब महसुस गर्छौ।

पद ४

उहाँ तिम्रो प्रतीक्षा गर्दै रखवारी गरिरहनुभएको छ,

केही नभनी जवाफ कुर्दै हुनुहुन्छ।

उहाँको रेखदेख अमूल्य छ

र त्यो मानव हृदय र

आत्माको खातिर हो।

सायद यो रेखदेख असिमित छ

र सायद यो समाप्तिमा छ।

तर तिम्रो हृदय र आत्मा

अहिले कहाँ छन् भनी तिमीलाई ठ्याक्क थाहा हुनुपर्छ।

सायद यो रेखदेख असिमित छ

र सायद यो समाप्तिमा छ।

तर तिम्रो हृदय र आत्मा

अहिले कहाँ छन् भनी तिमीलाई ठ्याक्क थाहा हुनुपर्छ,

कहाँ छन् ती?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्