Christian Song | परमेश्‍वर मानिसको अनन्त समर्थन हुनुहुन्छ | with lyrics

18 अगस्ट 2021

प्रभु येशू पुनरुत्थान हुनुभएको भए तापनि,

उहाँको हृदय र उहाँको कामले मानवजातिलाई छोडेको थिएन।

मानिसहरूकहाँ देखा परेर,

उहाँले तिनीहरूलाई उहाँ जस्तोसुकै स्वरूपमा उहाँ अस्तित्वमा रहनुभए तापनि उहाँले मानिसहरूलाई साथ दिनुहुनेछ,

उहाँ मानिसहरूसित हिँड्नुहुनेछ, हर समय र सबै ठाउँमा रहनुहुनेछ,

जुटाउनुहुनेछ, रखवाली गर्नुहुनेछ, उहाँलाई हेर्न र छुन दिनुहुनेछ,

त्यसैले तिनीहरूले कहिल्यै असहाय अनुभव गर्नेछैनन्।

आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको एक-एक कुरामा

मानवजातिको निम्ति उहाँको सूक्ष्म वास्ता तथा स्नेह लगायत मानवजातिको निम्ति

परमेश्‍वरको अपरिवर्तनीय आशाहरू तथा फिक्री प्रकट गरिएका छन्।

यीमध्ये कुनै पनि कुरा हालको दिनसम्म पनि परिवर्तन भएको छैन।

तिनीहरू संसारमा कहिल्यै एक्लै जिउनु पर्दैन भन्‍ने तिनीहरूले जानून् भन्‍ने पनि प्रभुको चाहना थियो।

मानवजातिसित परमेश्‍वरको वास्ता छ; परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ।

तिनीहरूले परमेश्‍वरमा सधैँ आड लिन सक्छन्,

अनि उहाँका हरेक अनुयायीका निम्ति उहाँ परिवार हुनुहुन्छ।

परमेश्‍वरको आड पाएर, मानवजाति उप्रान्त एक्लो वा असहाय हुनेछैनन्,

अनि उहाँलाई पाप बलिको रूपमा स्वीकार गर्नेहरू उप्रान्त पापमा बाँधिएका हुनेछैनन्।

मानव नजरमा, प्रभु येशूले उहाँको पुनरुत्थानपछि गर्नुभएको कामका यी अंशहरू अत्यन्तै साना कुराहरू थिए,

तर परमेश्‍वरको नजरमा, उहाँले गर्नुभएको एक-एक कुरा अत्यन्तै अर्थपूर्ण,

अति मूल्यवान्, अति महत्वपूर्ण र सार्थकताले भरिएका छन्।

परमेश्‍वरको कामको विषयमा के भन्न सकिन्छ भने, उहाँले जे सुरु गर्नुहुन्छ, त्यो साँच्चिकै सिध्याउनुहुन्छ।

त्यसमा चरणहरू र योजना हुन्छन्, अनि काम उहाँको बुद्धि,

उहाँको सर्वशक्ति, उहाँका उदेकका कार्यहरू,

अनि उहाँको प्रेम तथा कृपाले भरिपूर्ण हुन्छन्।

परमेश्‍वरको सबै काममा क्रियाशील रहने कडी भनेको मानवजातिको निम्ति उहाँको वास्ता नै हो;

यो उहाँको फिक्रीका भावनाहरूले यसरी भिजेको छ कि उहाँले त्यसलाई कहिल्यै पन्साउन सक्नुहुन्न।

आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको एक-एक कुरामा

मानवजातिको निम्ति उहाँको सूक्ष्म वास्ता तथा स्नेह लगायत मानवजातिको निम्ति

परमेश्‍वरको अपरिवर्तनीय आशाहरू तथा फिक्री प्रकट गरिएका छन्।

यीमध्ये कुनै पनि कुरा हालको दिनसम्म पनि परिवर्तन भएको छैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्