Nepali Christian Song | परमेश्‍वर सबै सृष्टिका प्रभु हुनुहुन्छ | with lyrics

9 अप्रिल 2022

शुरुवात

एक समय परमेश्‍वर यहोवा भनी चिनिनुहुन्थ्यो,

उहाँलाई मसीह पनि भनिन्थ्यो

र मानिस उहाँलाई प्रेम र सम्मान साथ मुक्तिदाता येशू भन्थे।

पद १

तर आज उहाँ मानिसले विगतमा चिनेको

यहोवा वा येशू हुनुहुन्न;

आखिरी दिनहरूमा फर्कनुभएको, युगको अन्त्य गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।

पूर्व कोरस १

पृथ्वी छेउबाट उठ्नुहुने, अख्तियार, आदर,

महिमा र उहाँको पुरै स्वभावले भरिपूर्ण,

स्वयम् परमेश्‍वर हुनुहुन्छ।

कोरस १

आखिरी दिनहरूमा देखापर्नुहुने

तर मानिसमाझ लुक्नुभएको परमेश्‍वर हुनुहुन्छ।

उहाँ मानिसमाझ, सत्य र वास्तविक रूपमा,

उज्ज्वल सूर्य, प्रज्वलित ज्वालाझैँ,

शक्ति र अख्तियारले पूर्ण हुनुभई बस्नुहुन्छ।

कोरस २

उहाँका वचनद्वारा न्याय नगरिने

कुनै व्यक्ति वा चिज छैन

र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने कुनै व्यक्ति वा चिज छैन

र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने कुनै व्यक्ति वा चिज छैन।

पद २

आखिरी दिनहरूमा मुक्तिदाता येशू नै भनिनुभयो,

यहूदियामै जन्मी त्यहीँ काम गर्नुभयो भने,

प्रमाणित हुनेछ कि इस्राएलीहरूलाई मात्र

सृष्टि र मुक्त गर्नुभयो,

कि अन्यजातिसँग उहाँको कुनै सरोकार छैन।

पूर्व कोरस २

के यसले उहाँको “म स्वर्ग, पृथ्वी र सबथोक सृष्टि गर्ने

परमेश्‍वर हुँ” भन्ने वचनलाई काट्दैन?

कोरस ३

उहाँले यहुदिया छोड्नुभयो र अन्यजातिमाझ काम गर्नुहुन्छ,

कारण उहाँ इस्राएलीहरूको मात्र नहुनुभई,

सबै प्राणीहरूको परमेश्‍वर हुनुहुन्छ।

कोरस ४

उहाँ आखिरी दिनहरूमा अन्यजातिमाझ देखा पर्नुहुन्छ,

कारण उहाँ यहोवा, इस्राएलीहरूको परमेश्‍वर मात्र नभई,

अन्यजातिमाझ चुनिएका सबैको सृष्टिकर्ता हुनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्