Christian Dance | परमेश्‍वर हामीमाझ हुनुहुन्छ | Praise Song

4 नोभेम्बर 2024

हामी संसारभरबाट आएका छौँ र परमेश्‍वरको घरमा भेला हुन्छौँ।

परमेश्‍वरको वचन खाँदै, पिउँदै र तिनको आनन्द उठाउँदै,

हामी थुमाको विवाह-भोजमा सहभागी भएका छौँ।

सत्यता प्राप्त गर्न र परमेश्‍वरद्वारा पखालिन अनि सिद्ध पारिन,

हामी परमेश्‍वरका वचनका न्याय, परीक्षा र शोधन स्विकार्छौँ।

परमेश्‍वरको वचनले हाम्रो हृदयलाई एक-अर्कालाई प्रेम गर्न सक्षम बनाउँछ।

हामी कमजोर हुँदा, हामी एक-अर्कालाई सहयोग गर्छौँ र एक-अर्कालाई अघि बढ्न प्रोत्साहन दिन्छौँ;

हामी परमेश्‍वरका वचनको आफ्नो अनुभव र ज्ञान बाँड्छौँ।

हामीलाई जोड्ने परमेश्‍वरको प्रेम नै हो।

हामी संसारभरबाट आएका छौँ र परमेश्‍वरको घरमा भेला हुन्छौँ।

हामी सर्वशक्तिमान् परमेश्‍वरको मलजल र गोठालो स्विकार्छौँ।

परमेश्‍वरले व्यक्तिगत रूपमा हामीलाई शैतानविरुद्धको लडाइँमा अगुवाइ गर्नुहुन्छ।

मार्ग अप्ठ्यारो र बेडोल छ; हामीले सतावट र सङ्कष्ट अनुभव गर्छौँ।

परमेश्‍वरका वचनहरूको मार्गनिर्देशन पाएर, उहाँको प्रेमको साथ पाएर,

हामी अन्धकारका शक्तिहरूको दमनलाई तोडी निस्किन्छौँ,

र आफ्नो सारा बलका साथ लागिपर्छौँ।

परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि देख्दा, हाम्रो आस्था बलियो हुन्छ।

हामी राम्ररी गवाही दिनेछौँ र परमेश्‍वरको महिमाको दिनलाई स्वागत गर्नेछौँ।

परमेश्‍वर हाम्रो छेउमा हुनुहुँदा, राज्यको जीवन अतुलनीय रूपमा हर्षपूर्ण हुन्छ।

हामी परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छौँ।

परमेश्‍वरको राज्यको सुसमाचार ब्रह्माण्डभर फैलियोस् भनी,

हामी आफ्नो पूरै सत्त्व अर्पण गर्छौँ

र मृत्युसम्मै बफादार रही उहाँप्रति आफूलाई समर्पित गर्छौँ।

हातमा हात मिलाएर काम गर्दै, हामी एक-अर्काका निम्ति प्रार्थना गर्छौँ

र एक-अर्कालाई प्रोत्साहन गर्छौँ।

परमेश्‍वरले हामीलाई एउटा सुन्दर भोलितर्फ दौडन अगुवाइ गर्नुहुन्छ।

हामी सदा-सर्वदा, परमेश्‍वरलाई प्रेम गर्न र उहाँको इच्छा पछ्याउन खोज्नेछौँ।

हामी परमेश्‍वरका अर्तीलाई मनमा राख्नेछौँ र अन्त्यसम्मै बफादार रही राम्ररी गवाही दिनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्