Nepali Christian Song | परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ

13 अगस्ट 2026

परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ। “दुष्टतालाई घृणा गर्नु” ले के जनाउँछ? परमेश्‍वरको पहिचान र हैसियत अद्वितीय छन्। परमेश्‍वरको पवित्रता, धार्मिकता, अख्तियार, र प्रेम कुनै पनि सृजित वा असृजित प्राणीसँग हुँदैन; यी कुराहरू अनुकरण गर्ने कोसिस गर्नु ईशनिन्दा हो। परमेश्‍वरको लवज र बोल्ने शैली, साथै परमेश्‍वरको पहिचान र हैसियतसँग सम्बन्धित शृङ्खलाबद्ध कुराहरूको नक्कल गर्नु, चाहे ती बाह्य होऊन् वा आन्तरिक, ती सबै परमेश्‍वरको स्वभावविरुद्धको उल्‍लङ्‍घन मानिन्छन्। तिमीहरूले यो कुनै पनि हालतमा सम्झनैपर्छ र यो उल्‍लङ्‍घन कहिल्यै गर्नु हुँदैन!

यदि तँ यो उल्‍लङ्‍घन गर्छस् र तत्काल आफूलाई सच्याउन, आफूविरुद्ध विद्रोह गर्न, र आफूलाई रूपान्तरण गर्न सक्छस् भने, आशा अझै बाँकी रहन्छ। तर यदि तँ निरन्तर यही मार्गमा लागिरहन्छस् भने, तँलाई एक ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनेछ, परमेश्‍वरको नजरमा, त्यसपछि कुनै सच्चिने मौका हुनेछैन—तँ पूर्ण रूपमा सक्किनेछस्। याद राख्, परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ। तैँले परमेश्‍वरको पहिचान र सारसँग सम्बन्धित हरेक पक्षलाई पूर्णतः सतर्कतासाथ हेर्नैपर्छ र त्यसलाई हल्का रूपमा लिनै हुँदैन। यदि परमेश्‍वरको बोल्ने शैली र लवज कुनै भ्रष्ट मानवको मुखबाट व्यक्त गरिएमा, यो परमेश्‍वरको ठूलो अपमान र उहाँविरुद्धको ठूलो ईशनिन्दा हो, जसलाई परमेश्‍वरले किमार्थ सहन सक्नुहुन्‍न। मानवहरूले यस्तो उल्लङ्घन कहिल्यै गर्नु हुँदै हुँदैन। यदि तैँले यस्तो उल्लङ्घन गरिस् भने, तँ मर्छस्!

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग पाँच)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्