Nepali Christian Song | परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ | with lyrics

12 अप्रिल 2022

पद १

परमेश्‍वरका वचनको पुस्तक

अनुसन्धान वा स्वीकार गर्न खोल्यौ होला,

तर त्यसलाई नपन्छाऊ।

पुरै पढ, तिम्रा उद्देश्य र बुझाइको हदको भरमा

सायद यी वचनले तिम्रो मन बदलिनेछ।

पूर्व कोरस १

तर एउटा कुरा छ तिमीले जान्नैपर्ने:

उहाँको वचन मानिसको होइन,

न मानिसको वचन उहाँको।

देहधारी परमेश्‍वर उहाँद्वारा

प्रयोग गरिएको मानिस हुनुहुन्न।

यसमा सारको भिन्नता छ।

कोरस

अन्तमा, परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ।

परमेश्‍वरमा परमेश्‍वरको सार छ, मानिसमा मानिसको सार।

उहाँका वचन पवित्र आत्माका अन्तर्दृष्टि होइनन्;

प्रेरित र अगमवक्ताका वचन उहाँका होइनन्।

ती हुन् भन्ने सोच्नु मानिसको भूल हो।

पद २

यी वचन पढेपछि पनि तिमीले,

ती उहाँका वचन नभई मानिसले पाएको

अन्तर्दृष्टि हो भनी लिन्छौ भने,

तिमी अज्ञानताले अन्धो छौँ।

परमेश्‍वरका वचन र मानिसले

पाएको अन्तर्दृष्टि एउटै होइनन्।

देहधारी परमेश्‍वरका वचनले नयाँ युग सुरु गर्न सक्छन्,

नयाँ युग खोल्न सक्छन्।

पूर्व कोरस २

तिनले सारा मानवलाई डोर्याउन,

रहस्य खोल्न, दिशा देखाउन सक्छन्।

मानिसले पाएको अन्तर्दृष्टि केवल

अभ्यास र ज्ञानको मार्गदर्शन हो।

त्यसले सारा मानवलाई मार्गदर्शन दिन वा

उहाँका रहस्य प्रकट गर्न सक्तैन।

कोरस

अन्तमा, परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ।

परमेश्‍वरमा परमेश्‍वरको सार छ, मानिसमा मानिसको सार।

उहाँका वचन पवित्र आत्माका अन्तर्दृष्टि होइनन्;

प्रेरित र अगमवक्ताका वचन उहाँका होइनन्।

ती हुन् भन्ने सोच्नु मानिसको भूल हो।

ब्रिज

तिमीले कहिल्यै सही र गलत, उच्च र निम्न

वा गहिरो र सतहीलाई मिसाउनु हुँदैन,

कहिल्यै सत्यताको खण्डन गर्नु हुँदैन।

सही दृष्टिकोणले समस्याको छानवीन गर,

उहाँद्वारा सृजित प्राणीको नजरबाट

उहाँकाे नयाँ वचन र काम स्वीकार।

यी हुन् विश्‍वासीले गर्नुपर्ने काम,

नत्र उहाँले तिमीलाई हटाउनु हुनेछ।

कोरस

अन्तमा, परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ।

परमेश्‍वरमा परमेश्‍वरको सार छ, मानिसमा मानिसको सार।

उहाँका वचन पवित्र आत्माका अन्तर्दृष्टि होइनन्;

प्रेरित र अगमवक्ताका वचन उहाँका होइनन्।

ती हुन् भन्ने सोच्नु मानिसको भूल हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्